
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – व्यवस्थापिका–संसद्को आजको बैठक पनि प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को अवरोधका कारण कार्यसूचीमा प्रवेश नगरी स्थगन भएको छ । भरतपुर महानगरपालिकाको मतगणना जारी रहँदा मतपत्र च्यातिएको घटनाको विरोध गर्दै आएको एमालेले विहीबार दोस्रो दिन सदन अवरोध गरेको हो । तर बिहिबारको संसद वैठकको माहौल भन केही भिन्न बन्यो ।
बैठक आरम्भ हुनासाथ एमालेका सांसदहरु आफ्नो स्थानबाट उठेर अवरोध गरे । त्यति नै बेला जुरुक्क उठे माओवादी केन्द्रका सांसद रामनारायण विडारी । उनले नियमापत्ति भनेर एकोहोरो कराएपछि बैठक हाँसोले गुञ्ययमान भएको थियो । सभामुख घर्तीले एमाले सांसदले अवरोध जनाइरहेका बेला नियमापत्तिका लागि बोल्न दिन नसक्ने बताएकी थिइन् । तर उनि भने केहिछिन बोलिरहे । संसद बैठक जेठ २१ गते बिहान ११ बजे सम्मका लागि बैठक स्थगित भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्