
काठमाडौँ – व्यवस्थापिका संसद सचिवालयले आफूसँग भएको सद्दे सवारी साधन बिग्रिएको देखाएर १८ वटा नयाँ किनेको छ । यसबाट राज्यलाई अनावश्यक करोडौं रुपैयाँको भार परेको खबर आजको नागरिकमा छ ।
सचिवालय परिसरमा सयभन्दा बढी सवारी साधन त्यत्तिकै थन्किएर राखिएको देखिन्छ। ती गाडी सबैजसो प्रयोग गर्न योग्य भए पनि सचिवालयले नयाँ किन्न कै लागि ‘बिग्रिएका’ भन्दै प्रयोग नगरेको हो।
लामो समयसम्म प्रयोग नगरी थन्क्याएर राख्दा केही गाडी मर्मत गर्नुपर्ने अवस्थामा पुगेका छन्। आफूसँग भएका गाडी प्रयोग ल्याउन छाडेर सचिवालयले १८ वटा नयाँ खरिद गरेको हो।
खरिद गरिएका १८ गाडीमध्ये १२ स्कारपियो जिप शनिबार र तीनवटा ह्याच ब्याक कार सोमबार सचिवालयमा ल्याइएको छ। बाँकी तीनवटा कार पनि मंगलबार ल्याइएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्