
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सानिमा माई हाइड्रोपावरले १००% हकप्रद सेयर बिक्री गर्ने अनुमति पाएको छ । पुँजी बजार नियामक नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १ः१ अनुपातमा १०० रुपैयाँको दरले १ करोड ५ लाख ५० हजार कित्ता हकप्रद सेयर जारी गर्न अनुमति दिएको हो । यो हकप्रदमा सनराइज क्यापिटल लिमिटेडले बिक्री प्रबन्धकको काम गर्दैछ । अब छिट्टै हकप्रद निष्कासन प्रक्रिया अघि बढ्ने कम्पनीले जनाएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्ममा सानिमा माईको सेयर पुँजी १ अर्ब ५ करोड ५० लाख रुपैयाँ छ । कम्पनीले तेस्रो त्रैमासमा २६ करोड ५ लाख ८१ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
यस हाइड्रोपावरको रिजर्भ कोषमा २६ करोड ९५ लाख ९६ हजार रुपैयाँ छ । त्यस्तै, कम्पनीले तेस्रो त्रैमासमा ६३ करोड ८२ लाख ८० हजार रुपैयाँ कुल आम्दानी गरेकोमा बिजुली बिक्रीबाट मात्रै ६३ करोड ३४ लाख ५४ हजार रुपैयाँ कमाउन सफल भएको छ । बिजुली बिक्रीको आम्दानी गत वर्ष भन्दा १४१.७७% ले धेरै हो । गत वर्ष कम्पनीले बिजुली बिक्रीबाट २६ करोड २० लाख ५ हजार रुपैयाँ मात्र आम्दानी गरेको थियो । सानिमाको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ६७ पैसा र प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ ५३ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्