×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रधानमन्त्री देउवाले पाँउलान त ‘असक्षमता’को चौथो तक्मा ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्रधानमन्त्री देउवाले पाँउलान त ‘असक्षमता’को चौथो तक्मा ?

२ असार २०७४, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

तीन पटक प्रधानमन्त्री हुँदा तिनै पटक असक्षमताको ट्याग भिरेका प्रधानमन्त्री देउवा फेरि असक्षम बन्ने बाटोमा अग्रसर भएको निष्कर्षमा एमाले पार्टी पुगेको छ । राजपालाई खुसी पार्ने बाहनामा उनीहरुका हर इच्छा आकाक्षाहरु पूरा गर्दै जाने हो भने देउवा चौथो पटक समेत देउवामाथि असक्षमताको विल्ला   खतरा देखिदै गएको छ । 
मुलुकलाई बन्धक बनाएर ऐन कानुन मिच्दै स्थानीय तहको संख्या बृद्धि र संविधान संशोधनको मुद्धा निर्वाचन अगाडि पूरुा गर्ने साथै उसले असार १४ का लागि निर्धारित दोस्रो चरणको चुनाव सार्ने देउवाको तयारीले प्रमुख प्रतिपक्षी एमाले झनै शसकित बन्न पुगेको छ । एमाले स्थायी कमिटीको बुधबार बसेको बैठकमा राजपाका मागबारे आफ्नो धारणा सार्वजनिक गरेको छ । एमालेले घाइतेको उपचार, मृतकका परिवारलाई क्षतिपूर्ति दिन, जघन्य अवराधमा संलग्न नभएका तथा निर्दोषमाथि लागेको मुद्दा फिर्ता लिन सकिने बताएको छ ।
तर, पहिलो चरणको चुनाव भइसकेको र दोस्रो चरणको चुनावको उम्मेदवारीको पूर्वसंध्यामा स्थानीय तहको संख्या बढाउन नसकिने बताएको छ । एमाले सचिव योगेश भट्टराईले भने, ‘भोलि चुनावपछि आवश्यकता र औचित्यका आधारमा आयोग बनाएर देशब्यापी अध्ययन गर्न सकिन्छ ।’
प्रमुख विपक्षी एमालेले चुनाव र संविधान संशोधनको कुनै सम्वन्ध नभएको भन्दै एमालेले संशोधनलाई अघि सारेर चुनाव नरोक्न माग समेत गरेको छ । प्रधानमन्त्री स्वयंम र उनको दल कांग्रेसबाट सार्जवनिक धारणाले असार १४ को चुनाव गर्न चाहँदैन कि भन्ने आशंका जन्माएको एमालेले बताएको छ । १,२, ५ र ७ नम्बर प्रदेशमा असार १४ मै चुनाव हुनु पर्ने भन्दै एमालेले राजपालाई पनि चुनावमा आउन आउन आहृवान गरेको छ ।
साथै उम्मेदवारको सुरक्षा, सार्वजनिक सम्पत्तिको रक्षा र रक्षा गर्ने र जनताले मताधिकार प्रयोग गर्ने सहज वातावरण बनाउन सरकारलाई आग्रह गरेको छ । चुनाव सार्नु पर्ने प्रस्तावमा एमालेको सहमति नहुने भन्दै सचिव योगेश भट्टराईले ‘प्रधानमन्त्रीमाथि इतिहासबाट असक्षमताको प्रश्न लाग्दै आएको छ । यदि यो चुनाव तलमाथि भयो भने असक्षमताको अर्को तक्मा पाउनुहुन्छ ।’ – एस काठमाडौं 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी