
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – नयाँ प्रधानमन्त्री चयनको लागि कांग्रेस सभापति शेरबहादुर देउवाले मनोनयन दर्ता गरेका छन् । शनिबार बिहान संसद भवन नयाँ बानेश्वर पुगेर देउवाले प्रधानमन्त्रीका लागि मनोनयन दर्ता गरेका हुन् ।
उनको प्रस्तावकमा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड छन भने समर्थकमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, अखण्ड पार्टी नेपालका कुमार खड्का, समाजबादी जनता दलका प्रेमबहादुर सिंह, नेकपा संयुक्तका जयदेव जोशी छन् ।
कांग्रेस सभापति देउवाले मनोनयन दर्ता पछि संसदमा रहेका सबै दललाई प्रधानमन्त्रीमा आफूलाई समर्थन गर्न पत्र लेख्ने तयारी गरेकाे उनि निकट कांग्रेस नेताहरुले जानकारी दिएका छन् । बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयनको लागि बिहान ११ बजेदेखि ४ बजेसम्म उमेद्वारी दर्ताको समय तोकिएको छ ।
बेलुका साढे ४ बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने प्रधानमन्त्री चयनको लागि आइतबार बिहान ११ बजे मतदान गर्ने कार्यतालिका छ । सभामुख ओनसरी घर्तीले शुक्रबार कार्यव्यवस्था परामर्श समिति र राजनीतिक दलका नेताहरुसँगको छलफल पछि नयाँ प्रधानमन्त्रीको प्रक्रिया अघि बढाउने निर्णय गरेकी छिन ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्