
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – प्रमुख विपक्षी एमालेले प्रधानमन्त्री निर्वाचन प्रक्रियाप्रति कडा असहमति जनाउदै सांसदलाई थाहा नै नदिई यो प्रक्रिया अगाडि बढ्न नसक्ने निष्कर्ष निकालेको छ । बामदेव गौतमलाई प्रधानमन्त्रीको उम्मदेवार बनाउने चर्चा चलिरहेका बेला संसद सचिवालले गरेको उम्मेदवारी आह्वानलाई एमालेले बहिस्कार गरेको छ ।एमाले संसदीय दलको कार्यालय, सिंहदरवारमा बसेको स्थायी कमिटीको बैठकपछि संचारकर्मीहरुलाई प्रतिक्रिया दिँदै अध्यक्ष केपी ओलीले संसद अबरुद्ध भएको अवस्थामा निर्वाचन हुन नसक्ने निर्णय गरेको बताए ।
‘प्रधानमन्त्रीको चयन प्रक्रियामै हामीले असहमति जनाएका छौं,’ ओलीले भने, ‘राष्ट्रपतिको पत्र संसदमा टेबल नै नगरी प्रधानमन्त्री चयन प्रक्रिया अघि बढाइएकाले यो त्रुटीपूर्ण छ, यसमा एमाले सहभागी हुने कुरा अाउदैन ।’भरतपुरमा माओवादीका प्रतिनिधिले मतपत्र च्यातेपछि रोकिएको मतगणना सुचारु गर्न माग गर्दै एमालेले संसद अबरोध गरिरहेको छ । संसद अबरोध भइरहेकाबेला सूचना टाँस गरेर संसद सचिवालयले प्रधानमन्त्री चयन प्रक्रिया सुरु गरेको छ । प्रधानमन्त्री पदमा कांग्रेस सभापति शेरबहादुर देउवाले मनोनयन दर्ता गरिसकेका छन् ।
प्रतिपक्षीले संसद अबरोध गरिरहेकाबेला नियमापत्तिसमेत स्वीकार नभएको अवस्थामा सभामुखले प्रक्रिया सुरु गर्न कसरी अनुमति दिइन् भन्ने गम्भीर चासोको विषय भएको एमालेले बताएको छ । एमालेले चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुन:मतदान गराउने निर्वाचन आयोगको निर्णयविरुद्ध अदालत जाने भएको छ । आयोगले पुनःमतदान गर्ने निर्णयले लोकतान्त्रिक मुल्य मान्यताको उपहास गरेको निष्कर्षका साथ त्यसविरुद्ध सबै प्रकारका न्यायीक उपचारको खोजी गर्ने निर्णय गरेको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्