×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एसपीको असुली बढ्यो ! माथि बुझाउनुपर्ने भन्दै धमाधम रकम उठाउँदैछन् चितवन प्रहरी प्रमूख

चितवन । दीपक थापा नेपाल प्रहरीमा चलेको नाम हो । प्रहरी उपरीक्षक थापाले घुस खान्छन् वा गैरकानुनी कार्यलाई साथ दिन्छन् भन्दा धेरैले पत्याउँदैनन् । चिवतनमा गैरकानुनी असुली धन्दामा एसपी थापाको गतिविधि सार्वजनिक हुन थालेको छ । 
बाहिर ‘रमेश खरेल’जस्तै आफू स्वच्छ छवि भएको भनी हिँड्ने थापाको असुलीधन्दाले चितवनका व्यापारीहरू आजित हुन थालेका छन् । रौतहटमा डिएसपी हुँदा राखेका प्रहरी हवल्दार रामप्रवेश यादवलाई प्रयोग गरेर असुली गरेको आरोप लागेका थापाले चिवतनमा उनै यादवलाई प्रयोग गरेर असुली धन्दा मच्चाएको स्रोतले दाबी गरेको छ । 
चितवनका व्यापारी, होटल व्यवसायी, ट्रान्सपोर्ट कम्पनीलगायतमा एसपी थापाले हवल्दार यादवलाई खटाएर असुली गरिरहेको बताइएको छ । ‘डिआइजी गणेश केसीलाई बुझाउनुपर्ने छ भन्दै प्रहरीबाट असुली भइरहेको छ,’ एक होटल व्यवसायीले भने । उनका अनुसार पहिले जुवा तथा गैरकानुनी गतिविधि हुने क्षेत्रमा छापा हान्ने तर पछि तिनै अखडाहरूमा सादा पोशाकका प्रहरी पठाएर असुली भइरहेको छ । चितवनका सबै क्षेत्रमा गरेर मासिक रुपमा पन्ध्रदेखि बीस लाख रुपैयाँसम्म उठाउने गरेको स्रोतले जनायो । 
भरतपुर हाइटमा रहेको होटल रोयल सेन्चुरीको सामुन्ने रहेको थकाली होटलमा जुवा अखडा सञ्चालन भइरहेको छ । त्यहाँबाट हवल्दार यादवले मासिक दुई लाख रुपैयाँ लिएर जाने गरेको उक्त होटलमा नियमित जुवा खेल्ने जाने गरेका एक व्यापारीले नाम नछाप्ने सर्तमा जानकारी दिए । स्थानीय व्यापारीहरुका अनुसार वसन्त कुँवर हुँदासम्म शान्त रहेको चितवनमा दीपक थापाको आगमनसँगै थुप्रै आपराधिक घटना मौलाएका छन् । 
मध्यक्षेत्रका डिआइजी गणेश केसीलाई समेत जानकारी भए पनि कारबाही गर्न सकेका छैनन् । प्रधानमन्त्री पुष्पकमल दाहालनिकट रहेकाले थापामाथि केसीले कारबाही गर्न नसकेको बताइन्छ । प्रहरी महानिरीक्षक प्रकाश अर्याललाई समेत बुझाउनुपर्ने भन्दै हवल्दार यादवले असुली गरिरहेको बताइएको छ । आपराधिक हिसाबले संवेदनशील रहेको चितवनमा केही वर्षयता व्यावसायिक प्रहरी अधिकृत जाने गरेका थिए । 
तत्कालीन आइजिपी उपेन्द्रकान्त अर्यालको चाहनाविपरीत उनी प्रधानमन्त्री दाहालको दबाबमा चिवतन गएका थिए । त्यसबेला अर्यालले सिआइबीका एसपी दिवेश लोहनीलाई पठाउन चाहे पनि थापाले प्रधानमन्त्रीका भाइ नारायण दाहालमार्फत सेटिङ मिलाएर गएका थिए । भरतपुरको मेयरमा दाहालपुत्री रेणु दाहाललाई चुनावमा हर किसिमको सहयोग गर्ने सर्तमा नारायण दाहाललाई बीस लाख रुपैयाँ बुझाएर थापा चितवन गएको स्रोतले बतायो । त्यही पैसा उठाउनका लागि अहिले थापाले असुलीधन्दा मच्चाएको बुझिन्छ । 
भरतपुर महानगरपालिका १९ को मतगणना जारी रहँदा माओवादी प्रतिनिधिले मतपत्र च्यात्दैछन् भन्ने सूचना एमाले प्रतिनिधिले पहिले नै जानकारी गराएका थिए । तर, एसपी थापाले एमाले प्रतिनिधिको कुरै सुनेनन् । जब मतपत्र च्यातियो, त्यसपछि उनले माओवादी प्रतिनिधिलाई पक्रे पनि । तर, प्रहरीले मुद्दा फितलो बनाएपछि तीन दिनमै माओवादी प्रतिनिधि धरौटीमा रिहा भएका थिए । त्यतिखेर एसपी थापाले आठ वटा मात्र मतपत्र च्यातिएको भनी सञ्चारमाध्यममा जानकारी दिएका थिए । तर, पछि प्रहरीले ९० वटा मतपत्र च्यातिएको प्रतिवेदन बनाएको थियो । जनप्रहार साप्ताहिकमा खबर छ । 
निर्वाचन आयोगले त्यही ९० मतपत्र च्यातिएको प्रतिवेदन आधारमा पुनः मतदान गर्ने निर्णय गरेको थियो । उक्त विषय अहिले विवादमा छ । पछिल्लो समय चितवनमा चोरीको गाडी कारोबार गर्ने फणिन्द्र भण्डारी र दीपु श्रेष्ठको ग्यारेजमा छापा मारेर उनीहरूलाई समेत पक्राउ गरी लाखौं असुली गरेको बिषय अहिलेपनि चितवनमा अत्यन्तै चर्चाको बिषय बनेको छ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: