Skip to content
LAXMI SUNRISE BANK

ज्ञानेन्द्रले लगाएको श्रीपेच अवदेखि सर्वसाधारणले हेर्न नपाउने ! यस्तो रहेछ श्रीपेच नदेखाउने कारण !

अर्थ सरोकार

काठमाडौं – तत्कालीन राजा ज्ञानेन्द्रले नासोका रूपमा सरकारलाई बुझाएको श्रीपेच अझै सार्वजनिक नगरिने भएको छ । सुरक्षा प्रबन्ध नमिलेकाले श्रीपेच सार्वजनिक गर्न ढिलाइ भएको नारायणहिटी दरबार संग्रहालयका प्रमुख रोहितकुमार ढुंगानाले बताए । आजको नयाँ पत्रिकामा खबर छ ।
‘सर्वसाधारणका लागि श्रीपेच सार्वजनिक गर्ने भनिएको थियो । सुरक्षा प्रबन्धका कारण यस्तो भएको हो । श्रीपेच राख्ने ठाउँको सुरक्षा विश्लेषण गर्न सकिएको छैन,’ ढुंगानाले भने, ‘सबै व्यवस्थापन नभएकाले श्रीपेच सार्वजनिक हुन अझै समय लाग्छ ।’ नारायणहिटी दरबार संग्रहालयमा रूपान्तरण भएलगत्तै श्रीपेच सर्वसाधारणका लागि सार्वजनिक गरिने भनिएको थियो ।
-तत्कालीन राजा ज्ञानेन्द्र शाहले दरबार छाड्ने वेला २९ जेठ ०६५ मा तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलालाई श्रीपेच जिम्मा लगाएका थिए । अहिले श्रीपेच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सेनाको नारायणहिटी बाहिनी र संग्रहालयको सुरक्षामा छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK