Skip to content
LAXMI SUNRISE BANK

भारतिय नेपाली भाषी सिमा सुबेदीले अन्ततः नेपालीसामु मागिन माफी हेर्नुहोस (भिडियोसहित)

अर्थ सरोकार

काठमाडौ । नेपाली भाषी भारतीय महिला सिमा सुबेदीले फेसबुकमा नेपाली भाषामै भिडियो पोस्ट गर्दै अघिल्लो भिडियोमा आफुले नेपालीको मन दुख्नेगरी बोलेकोप्रति माफी मागेकी छन्। 

सामाजिक सञ्जाल फेसबुकमा केहिदिन पहिले मध्यराती लाइभ गरेर नेपाल र नेपालीलाई गाली गर्दै आफ्ना पुर्खाहरुले नेपाल र गोरखा नदेखेको भन्दै आफिहरु ७ पुस्तादेखि नै भारतीय भएको भन्ने आसयको भिडियो पोस्ट गरेकी थिइन्। 
उनले सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियो एकाएक भाइरल भएको थियो। एकाएक सामाजिक सञ्जालमा चर्चामा आएकी सिमा सुबेदी श्रेष्ठले अन्तत फेसबुक लाइभ गर्दै नेपालीमै बोलेर माफी मागेकी छिन्। 
सिमाले बिश्वभर रहेका सबै नेपाली हामी एक हौ। हामीलाई साथ दिनुहोस। नेपाली भाषालाई जगेर्ना गरौ भन्दै माफ मागेकी हुन् ।
शुक्रबार मध्य रातमा फेसबुक लाइभ गरेर नेपालीहरु भारतमा भाडा माझ्न आउछन् भन्दै नेपालीलाई तल्लो स्तरको गालिगलोज गरेकी थिइन्। उक्त भिडियो सामाजिक सञ्जालमा आएसँगै देश विदेशबाट उनि विरुद्ध उत्रिएका थिए ।
हेर्नुहोस् उनले माफी मागेको भिडियो 

उनको यो भन्दा अघिल्लो भिडियो यस्तो थियो तल हेर्नुहोस्

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK