×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भरतपुरमा पुनः मतदान गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

भरतपुरमा पुनः मतदान गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

Artha Sarokar

२२ जेष्ठ २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – भरतपुर वडा नं. १९ मा पुनः मतदान गर्ने निर्णय तीन दिनसम्म कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर १९ को मचपत्र बदर गर्ने र पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णय विरुद्ध वडा सदस्य उम्मेदवार गुन्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले आइतबार रिट दायर गरेका थिए । सोमबार उक्त रिटमाथि प्रारम्भीक सुनुवाई गर्दै न्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासले तीन दिनपछि दुबै पक्षलाई झिकाएर अन्तरिम आदेश दिने कि नदिने भन्ने छलफल गर्ने भनेको छ । त्यसबेलासम्मा कुनै पनि कामकाम नगर्न निर्वाचन आयोगलाई निर्देशन दिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी