Skip to content
LAXMI SUNRISE BANK

नेपालीलाई तथानाम गाली गर्ने सिमा सुवेदीलाई यी युवाले दिए मुख भरिको जवाफ(भिडियोसहित)

अर्थ सरोकार

काठमाडौं । गोर्खाल्याण्ड आन्दोलनको बिषयलाई लिएर नेपालीलाई तथानाम गाली गर्ने एक भारतीय महिलालाई नेपाली युवाले मुख भरिको जवाफ दिएका छन् ।

सुरज तामाङ नामका ती नेपाली युवाले नेपालको नाम चोरी गरेर ‘गोर्खाल्याण्ड’ को माग गरिएको भन्दै अरु जेसुकै ल्याण्ड माग गरेपनि गोर्खाल्याण्ड भने नमाग्न सुझाव दिएका छन् । गौतमबुद्ध नेपालमा जन्मिएका भएपनि भारतीयहरुले बुद्ध भारतमा जन्मिएको भ्रम फैलाएको भन्दै उनले आक्रोश व्यक्त गरेका छन् ।
‘तपाईहरु आफू भारतीय भएकोमा गर्व गर्ने तर नेपालको नाम चोरी गरेर नेपालको गोर्खाल्याण्ड माग्ने ?’ भन्दै उनले प्रश्न गरेका छन । सामाजिक संजाल फेसबुकमार्फत ‘नेपालीहरु भारतमा भाँडा माझ्न जान्छन्, जसकारण दार्जिलिङ बासीको बेइज्जत भएको छ ।’ भनेर भिडियो नेपालीहरुलाई मध्यरातमा गाली गर्ने ती महिलालाई उनले नेपलीहरुको बारे बोल्नुभन्दा पहिले १० चोटी सोच्न सुझाब दिएका छन् ।
हेर्नुहोस् भिडियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK