तालमेलबाट एमाले ‘ब्याक’, चुनावमा कठोर बन्ने रणनीति ! ,टुंगो लागिसकेका उम्मेदवारको विषयलाई लिएर एमालेत्रि भुसको आगो झैं विवाद फैलिएको छ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका र सिन्धुलीको सुनकोशी गाउपालिका जस्तै शक्तिको चरम दुरुपयोग गरी उम्मेदवार छनोट गरिएको माधव नेपाल तथा झलनाथ खनाल पक्षले आरोप लगाएको छ ।
बुटवल उपमहानगरपालिकामा प्रमुख शिवराज सुवेदी र उपप्रमुख गोमा आचार्य, नेपालगन्ज उपमहानगरपालिका प्रमुखमा समसुद्धिन सिद्धिकी र उपप्रमुखमा शान्ति ढकाल, घोराही प्रमुखमा नरुलाल चौधरी र उपप्रमुखमा सीता न्यौपाने तथा तुलसीपुर प्रमुखमा घनश्याम पाण्डे र उपप्रमुखमा माया आचार्यलाई उम्मेदवार बनाउने निर्णयपछि विवाद चुलिएको छ ।
खोटाङ, ओखलढुंगा सोलुखुम्बु तथा झापामा गरिएको निर्णयपछि पार्टीका आन्तरिक विवाद झन् सम्हाल्न नसकिने गरी छरपष्ट भएको छ । पार्टीभित्र खड्ग ओलीको अत्याचारबाट आजित भएका नेताहरु सार्वजनिक हुन थालेका छन् ।
ओलीले पार्टीलाई प्राइभेट कम्पनीको रुपमा चलाएको र आफूखुसी निर्णय गर्दै आएको भन्दै वरिष्ठ नेतासमेत रहेका झलनाथ खनालले इलामे कार्यकर्तालाई बताइसकेका छन् भने माधव नेपालले पनि आफू निकटका कार्यकर्तालाई यस्तो पाराले पार्टी चल्न नसक्ने जनाएका छन् ।
खनालले त पार्टीका कार्यकर्तासँग ओलीको अत्याचार जारी रहे पार्टी फुट्नेसम्मको चेतावनी दिएका छन् । ओलीले पार्टीलाई संस्थागतभन्दा पनि कोटरीको आधारमा चलाएको, गुटलाई संरक्षण गरेको, उचित जिम्मेवारी नदिएको तथा अराजकता मच्चाएको, थपिएको २२ वटा स्थानीय तहको विरोध गरी मधेसमा पार्टीलाई झन् कमजोर बनाएको भन्दै खनालले आलोचना गरेका थिए ।
नेता खनालले पार्टीभित्र बस्न सक्ने अवस्था नरहेको, गुटमा नलाग्ने नेता तथा कार्यकर्ताको उचित मूल्यांकन नभएको, पार्टीभित्र कमाउ धन्दा बढेको तथा जनतालाई हवाई सपना बेचेर ओलीले थाङ्नामा सुताएको भन्दै आपत्ति जनाएका छन् ।
ओलीको अराजकतालाई ठेगान लगाउन कार्यकर्ता उठ्नुपर्ने, होइन भने पार्टी फुटाउन नै तयार हुनुपर्नेसम्मको अभिव्यक्ति दिएको स्रोतले बताएको छ । उनले खड्ग ओलीको ज्यादतीविरुद्ध आवाज उठाउन र प्रतिवाद गर्नसमेत पार्टी कार्यकर्तालाई निर्देशन दिएका छन् ।
ओलीको कार्यशैलीप्रति अर्का नेता माधव नेपालसमेत असन्तुष्ट छन् । नेपालले त ओलीविरुद्ध मोर्चाबन्दी नै सुरु गरेका छन् । ओलीको ज्यादतीलाई नियन्त्रण गर्न पनि मोर्चाबन्दी जरुरी रहेको उनको ठहर छ । ओलीले तानाशाही शैलीमा पार्टी चलाएको भन्दै नेपालले सुरु गरेको अभियानले सार्थकता पाउन लागेका बेला खनालको अभिव्यक्तिलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
स्थानीय तहको निर्वाचनको समयमा काठमाडौं महानगरपालिकामा नेपाल पक्षलाई स्विप आउट गर्न खोजेपछि महानगरपालिकाको मेयर ओली पक्षीय विद्यासुन्दर शाक्यमा सहमति जनाएर कागेश्वरी मनोहरामा कृष्णहरि थापालाई टिकट दिइएको थियो।
त्यसैगरी, बुढानीलकण्ठमा पनि नेपाल पक्षीय उम्मेदवार उठाउने भनिएको थियो, तर कागेश्वरीमा नेपाल पक्षका थापलाई दिएपछि बुढानीलकण्ठमा ओली पक्षका उम्मेदवार उठाएर सहमति भंग गरिएको थियो । आन्तरिक विवादकै कारण एमालेले धेरै स्थानमा उम्मेदवार घोषणा गरिसकेको छैन । अहिले प्रदेश कमिटीको बैठक चलिरहेको छ भने नेताहरु कुन पक्षका उम्मेदवारलाई कहाँ सेट गर्ने भनेर लागिरहेका छन् । यो समाचार हामीले तरुण खबरबाट लिएका हौ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्