Skip to content
LAXMI SUNRISE BANK

३० देखि ४० लाख खर्चेर अमेरीका पुगेका सात नेपाली अमेरिकाबाटै निष्कासित !

अर्थ सरोकार

मानव तस्करीको चंगुलमा परेर महिनौँ लामो यात्रापछि अमेरिका पुगेका सात नेपालीलाई अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले डिपोर्ट गरेको छ । युएस ईमिग्रेसन एन्ड कस्टम ईन्फोर्समेन्ट सरकारी जहाज नै चार्टर गरेर सात नेपालीलाई बुधबार दिउँसो त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल ल्याई नेपाली अधिकारीलाई जिम्मा लगाएर फर्केको हो ।नेपालबाट भारत, कोलम्बीय, टर्की पानामा, कोस्टारिका, निकारागुवा, एल साल्भाडोर, ग्वाटेमाला, मेक्सिको हुँदै अमेरिका पुगेका सात नेपालीले त्यसका लागि ३० देखि ४० लाख रुपैयाँ खर्चेका थिए ।
सात जना नेपाली अमेरिकाबाट निष्कासित
अवैध मार्गबाट बिभिन्न समयमा अमेरिका पुगेका सात जना नेपालीलाई अमेरिकाको इमिग्रेसनले निस्काशन गरेको छ । उनीहरुलाई अमेरिकाको बिशेष चार्टर बिमानबाट त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा बुधवार साँझ अवतरण गराइएको छ । उनीहरु त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट मलेसिया, थाइल्याण्ड घुम्न जाने भन्दै बिभिन्न समयमा गएको खुल्न आएको छ । उनीहरुलाई दलालहरुले अमेरिका पुरयाएको र अमेरिकामा उनीहरुको बैध कागजात नभेटिएपछि त्यहाँको सरकारले निस्काशन गरेको हो । उनीहरुलाई अमेरिकी सरकारले अमेरिकाका बिभिन्न स्थानबाट पक्राउ गरेको थियो । आजको कान्तिपुर दैनिक र अन्नपुर्ण पोष्टमा समाचार छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK