×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एचएण्डबी बैंकका ‘गुड फर पेमेन्ट’का पीडितहरु फेरि पुगे राष्ट्र बैंक !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एचएण्डबी बैंकका ‘गुड फर पेमेन्ट’का पीडितहरु फेरि पुगे राष्ट्र बैंक !

Artha Sarokar

६ असार २०७४, मंगलवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

तत्कालीन एचएण्डबी बैंकको ‘गुड फर पेमेन्ट’ चेकका पीडितहरुले सोमबार बैंकको त्रिपुरेश्वर र न्युरोड शाखामा धर्ना दिएका छन् । सोही दिन उनीहरुले रकम फिर्ताको माग गर्दै पुुनः नेपाल राष्ट्र बैंकमा उजुरी दिएका छन् ।
‘गुड फर पेमेन्ट’ चेक वाहकमध्ये ज्ञानेन्द्र केसीले बैंकले जारी गरेको ८८ लाखको ‘गुड फर पेमेन्ट’को चेकमध्ये हालसम्म ५२ लाख ८० हजार रुपैयाँ फिर्ता पाएको र अझै ३५ लाख २० हजार रुपैयाँ फिर्ता पाउन बाँकी रहेको भन्दै राष्ट्र बैंकमा उजुरी दिएका छन् । यसअघि पनि केसीले सोही व्यहोराको पत्र २०७३ साउन ३० गते राष्ट्र बैंकमा बुुझाएका थिए । तर हालसम्म पनि उक्त पत्रको सुुनुुवाइ नभएको र रकम फिर्ता पनि नपाएको भन्दै पुुनः राष्ट्र बैंकमा उजुरी दिएको पत्रमा उल्लेख छ ।
यस्तै अर्का चेकवाहक भोला पाण्डेले पनि सोमबार नै राष्ट्र बैंकमा भिबोरविरुद्ध रकम माग गर्दै उजुरी दर्ता गरेका छन् । तत्कालीन एचएण्डबीले ३५ लाखको चेक जारी गरेकोमा हालसम्म आफूले २१ लाख रुपैयाँ फिर्ता पाएकोमा अझै १४ लाख रुपैयाँ फिर्ता गर्न बाँकी रहेको पाण्डेले पत्रमा उल्लेख गरेका छन् । तत्कालीन समयमा एचएण्डबी डेभलपमेण्ट बैंक शाखा कार्यालय कुलेश्वरका प्रबन्धक निरज नेपाल, सञ्चालकहरु मनोजकुमार चौरसिया, कुमार ढकालसहित अन्य सात जनाको नामबाट २०६९ मा ‘गुड फर पेमेन्ट’ चेकहरु जारी भएका थिए । आफूहरु पीडित भएको भनी बैंकिङ कसुरअन्तर्गत २०६९ सालमा नेपाल प्रहरीका विभिन्न इकाइहरुमा भोला पाण्डे, मोहन रेग्मी, सरस्वती रेग्मी, कमल पराजुली, मधुकरशमशेर राणा, जङ्गबहादुर अनामणिलगायत ३० जना पीडितहरुले पटक—पटक संयुक्त जाहेरी दिएका थिए । प्रहरीले तत्कालै मनोजकुमार चौरसिया र कुमार ढकाललाई तत्काल पक्राउ गरी बैंकिङ कसुरमा मुद्दा दर्ता गरेको थियो भने भने अन्य भने हालसम्म फरार छन् । 
भिबोर सोसाइटी डेभलपमेन्ट बैंकलाई तनाव
काठमाडौं । भिबोर सोसाइटी डेभलपमेन्ट बैंकले तत्कालीन एचएण्डबी बैंकका पूर्व‘गुड फर पेमेन्ट’ चेकधारकहरुले टुंगोमा पुगिसकेको विषयलाई उठाएर बैंकको व्यवसायमा अनावश्यक खलल उत्पन्न गरेको जानकारी दिएको छ । केही दिनयता पूर्वचेकधारकहरुले रकम फिर्ताको माग गर्दै बैंकमा नाराबाजी र धर्ना दिँदा बैंकजस्तो संवेदनशील एवं अत्यावश्यक सेवा दिने निकाय विना कुुनै अवरोध निर्बाध सञ्चालन गरी सर्वसाधारण जनतालाई सेवा गर्ने वातावरण निर्माण गर्न आग्रह गरेको छ ।
बैंकका अनुसार साबिकको एचएण्डबी बैंकको कुुलेश्वर शाखालाई प्रयोग गरी जारी भएका चेकको सम्बन्धमा बैंक र चेकधारकबीच विभिन्न मितिमा सहमति भइसकेको छ । सहमतिअनुसार चेकधारकहरुले लिखित कबुलियत नामा गरेअनुुुसार बैंकले आफ्नो दायित्वको रकम भुक्तानी गरिसकेको छ । बैंकले उक्त कबुुलियतनामाबमोजिम भुक्तानी गरी टुुंगोमा पुगिसकेको अवस्थामा आफूले गरेको सहमतिलाई बिर्सेर केही पूर्वचेकधारकहरुले अस्वाभाविक तवरबाट बैंकमा प्रवेश गर्ने, अप्राकृतिक वातावरण सिर्जना गर्ने तथा बैंकको व्यवसायमा खलल पु¥याउनेजस्ता कार्य गरेकोमा बैंकको गम्भीर ध्यानाकर्षण भएको बैंकले जनाएको छ । विज्ञप्तिमा भनिएअनुसार यसरी कबुलियतनामा गरी टुुंगोमा पुगिसकेको अवस्थामा अदालतको आदेश र फैसलाबेगर बैंकको तर्फबाट अर्को निर्णय गर्नसक्ने अवस्था रहेन । यो अवस्थामा बैंकले दाबी गरेको बिगो प्रतिवादीहरुबाट असुुली भएपश्चात् कबुलियतनामाअनुसार बैंकले आफ्नो कर्तव्य निर्वाह गर्ने जानकारी दिएको छ ।

यता चेकधारकहरुले भने विगत केही दिनदेखि अदालतको आदेशको पालना गर, जनताको पैसा फिर्ता गर, भिबोर सोसाइटी मूर्दावाद भन्ने नारासहित बैंकको कुुलेश्वर, न्युरोड केन्द्रीय कार्यालय लगायतमा नाराबाजी र धर्ना दिँदै आएका छन् । तत्कालीन वीरगञ्ज फाइनान्स र हिमचुुली विकास बैंक गाभिएर विगतमा एचएण्डबी बैंक बनेको थियो । उक्त बैंकले नाम परिवर्तन गरी सोसाइटी डेभलपमेन्ट बैंक बनेको थियो भने सोसाइटी पुुनः भिबोरसँग ‘मर्ज’ भएर भिबोर सोसाइटी डेभलपमेन्ट बैंक बनेको हो । तत्कालीन एचएण्डबी बैंकका कुुलेश्वर शाखा प्रमुुख निरज नेपालको ‘गुड फर पेमेन्ट’ चेकमार्फत सर्वसाधारणको एक अर्ब रुपैयाँभन्दा बढी रकम घोटाला गरेका थिए । सोही प्रकरणमा एचएण्डबीका तत्कालीन कुुलेश्वर शाखा प्रमुख पक्राउ परेका थिए । बैंकिङ कसुरको अभियोगमा पक्राउ परेका नेपाल हाल सजाय भुक्तानीको क्रममा नख्खुु कारागारमा रहेका छन् । आर्थिक दैनिकबाट
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी