Skip to content
LAXMI SUNRISE BANK

साही शासनकालको झझल्को गर्ने गरी हिरासतमै प्रहरीको ज्यादती : ढाड र फिलामा रगत जम्यो

अर्थ सरोकार

धादिङ – प्रहरीले पाँच जनालाई हिरासतमै यातना दिएको खबर आजको कान्तिपुरमा छ ।चिरौंदी ७ का होटल व्यवसायी कृष्ण गुरुङ, निर्मल नेपाल, सन्तोष यादव, अंकित तामाङ र सूर्य प्रजालाई हिरासतमै कुटपिट गरिएको हो ।कुटपिटबाट घाइते सबैजनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
अस्पतलाका अनुसार पीडितहरुको ढाड र फिलामा रगत जमेको छ । तिघ्रा र पिँडुलामा सुम्ला देखिन्छ ।पीडित व्यापारीले यातनामा संलग्न प्रहरीविरुद्ध स्थानीय प्रशासनमा उजुरी दर्ता गराएका छन् ।जोगीमाराको मझिमटारस्थित प्रहरी चौकीका इन्चार्ज नायब निरीक्षक राजु पौडेलले हतकडी लगाएर घोप्टो पारेर बाँसको लठ्ठीले पिटेको उजुरीमा उल्लेख छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK