
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – थ्रीएस इन्भेष्टमेन्टले आजदेखि ३ दिने आधारभूत सेयर तालिम सुरु गरेको छ । यसअघिपनि उक्त कम्पनीले ४ वटा ब्याच अन्तर्गत उक्त तालिम संचालन गरिसेको छ । सेयर बजारका नवप्रवेशीहरुलाई लक्षित गर्दै गरिएको उक्त कार्यक्रम असार २९, ३० र ३१ गते थ्री एसको कार्यालय नयाँ ठिमीमा संचालन हुने बताइएको छ ।
बेलुका ४ बजे देखि ६ बजे सम्म हुने उक्त कार्यक्रममा शेयर र शेयर बजारको परिचय, प्राथमिक तथा दोश्रो बजारको परिचय, डीम्याट र आस्वाको बारेमा जानकारी, प्राथिमक तथा दोश्रो बजार प्रवेशका प्रक्रियाहरु, नेप्सेको कारोवार प्रणाली, शेयर बजारलाई प्रवाह पार्ने कुराहरु, व्यालेन्ससिटका विभिन्न पक्षहरु, ब्यालेन्ससिट बाट कम्पनी छान्ने तरिका, प्रविधिको प्रयोग, मार्केट डेप्थ हेर्ने तरिका, फ्लोरसिट हेर्ने तरिका, विभिन्न अनलाईन पोर्टल बाट डाटा, सुचना आदि हेर्ने तरिका, म्युचल फन्डको बारेमा जानकारी, शेयर बजारमा जोखिम व्यवस्थापन
लगायतका कुराहरुबारे जानकारी दिईने थ्री एस इन्भेष्टमेन्टका सीईओ सन्तोष राज बजगाईंले अर्थ सरोकार डटकमलाई जानकारी दिएका छन् । उनका अनुसार कार्यक्रमा सहभागी हुन प्रति व्यक्ति १००० रुपैयाँ लाग्नेछ महिलाहरुका लागि २०% छुटको व्यवस्था गरिएको छ ।
कार्यक्रममा सहभागी हुन ९८४९०५६१६१ मा सीधै सम्पर्क गर्न सकिने बताइएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्