Skip to content
LAXMI SUNRISE BANK

खुमबहादुरदेखि आरजुसम्मलाई भागवण्डा, कांग्रेसबाट नयाँ मन्त्री बन्नेको सूची यस्तो छ…

अर्थ सरोकार

विस्तार हुन लागेको मन्त्रीपरिषद्मा कांग्रेसबाट सहभागी हुने नयाँ मन्त्रीको नाम टुङ्गो लागेको सो दलको विशेष स्रोतले जानकारी दिएको छ । 
प्रधानमन्त्री रहेका कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाले पार्टीभित्रका विभिन्न गुटका नेताहरुको चित्त बुझाउने गरी नयाँ मन्त्रीहरुको नाम तयार पारेका छन् ।
पार्टीको ठूलो गुट रामचन्द्र पौडेलका तर्फबाट रामकृष्ण यादव, सरिता प्रसाई, बलबहादुर केसी र बद्री पाण्डे मन्त्री बन्ने निश्चित भएको छ । केसीको ठाउँमा अन्य व्यक्तिलाई पठाउने कि भन्ने विषयमा पौडेलले आन्तरिक परामर्श गरिरहेका छन् ।
देउवाले आफ्नातर्फबाट फर्मुल्लाह मन्सुर, मदन अमात्य र अमृत अर्याललाई मन्त्री बनाउने भएका छन् भने एक मन्त्री पत्नी आरजुको सिफारिशमा बनाउने योजनामा छन् । आरजुको सिफारिशमा प्रकाशशरण महत पुनः मन्त्री बन्ने सम्भावना देखिएको देउवा निकट स्रोत बताउँछ । तर, अारजुकाे खल्तीमा कुनै महिलालाई मन्त्री बनाउने नाम रहेकाे समेत स्राेत बताउँछ । कतै त्याे नाम अारजु अाफ्नै त हाेइन भन्ने अडकल कांग्रेस नेताहरुले गरेका छन् ।
देउवाले नेता खुमबहादुर खडकाको भागवण्डामा समेत एक मन्त्री दिने भएका छन् । खडकाले आफ्नोतर्फबाट मोहन वस्नेतको नाम देउवालाई बुझाएका छन् । कांग्रेसमा तेस्रो गुटका रुपमा रहेको सिटौला गुटले एक मन्त्रालय पाउने भएको छ । सिटौलाले आफ्नो भागवण्डामा परेको मन्त्रालयका लागि भिमसेनदास प्रधानको नाम दिएका छन् । प्रधानले सिँचाइ मन्त्रालय सम्हाल्ने जनाइएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK