
चितवन । चितवनको भरतपुर भएको लुटपाट काण्डमा प्रमुख योजनाकार पक्राउ परेका छन् ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार भरतपुर महानगरपालिका–२५ शुक्रनगरस्थित साउनी महतोको घरमा गत जेठ ५ गते हातहतियार सहित आएका व्यक्तिहरुले लुटपाट गर्न थालेपछि प्रतीकार गर्नेक्रममा घरका मानिसलाई खुकुरी तथा गोली प्रहार गरी घाइते बनाई लुटपाट गरेको घटनाका मुख्य अभियुक्त तथा योजनाकार भरतपुर महानगरपालिका–२७ ढेवौलीस्थित ससुराली घरमा बस्ने पर्वत, पकुवा–८ का २७ वर्षीय कृष्ण शाही ठकुरीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
सोही घटनामा संलग्न अन्य २ अभियुक्तहरु नवलपरासी मध्यबिन्दु–१० अरुणखोलाका १९ वर्षीय नारायण बिक र सोही ठाउँका २१ वर्षीय लक्ष्मण परियारलाई गत असार ११ गते प्रहरीले पक्राउ गरेको थियो ।
अभियुक्तबाट नगद ८३ हजार १ सय ४० रुपैयाँ, पेस्तोल १ थान, त्यसको गोली ६ थान, घटनामा प्रयोग भएका ह्याम्बर १ थान, मोटरसाइकलको रड १ थान, चक्कु १ थान, पेचकस १ थान र सुनका गहनाहरु प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
यस सम्बन्धमा खुनडाँका मुद्धा अन्तर्गत प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्