
काठमाडौं । बमलाई जोखिम मोलेर हातैमा समाई फाल्ने प्रहरी हवल्दारलाई दूर्गाबहादुर रानालाई गृहमन्त्री जनार्दन शर्माले असईमा बढुवा गर्ने भएका छन् । गृहमन्त्री जनार्दन शर्मा (प्रभाकर)ले राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने, प्रोत्साहित गर्ने नीतिअनुसार नै आफूले रानालाई हवल्दारबाट असईमा बढुवा गर्न लागेको खुलासा गरेका छन् ।
प्रहरी हवल्दार रानाले दोस्रो चरण निर्वाचनको क्रममा दाङको तुल्सीपुरस्थित अम्वास मतदान केन्द्रलाई लक्षित गरी प्रहार भएको बम हातमै समाएर फालेका थिए । उनको साहसी कामका कारण ठूलो दुर्घटना हुनबाट बचेको थियो ।
गृहमन्त्री शर्माले आफ्ना लागि प्रहरी प्रशासनमा कोही हाम्रा नभएको भन्दै राम्रा छान्ने र जनताको सेवामा प्रहरी संगठनलाई प्रभावकारी बनाउने विश्वास दिलाए । गृहमन्त्रीले राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने र जिम्मेवारी पूरा नगर्नेलाई तीन महिनाभित्रै कारबाही गर्ने नीति आफ्नो भएको बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्