Skip to content
LAXMI SUNRISE BANK

हामीसँग विभिन्न स्थानमा जग्गा छ, कसैले पार्किङ मल बनाउँछ भने हामी दिन तयार छौँ – मेयर शाक्य

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले महानगरमा मोनोरेल संचालनमा आएपछि ट्राफिक र यातायात समस्या समधान हुने दावी गरे। महानगरमा मोनोरेलको ल्याउनको लागि गृहकार्य भइरहेको शाक्यले बताए। उनले भने, ‘हामीले सबै नगरपालिका र लगानी बोर्डसँग कुरा गरिरहेका छौं। मोनोरेल मेरै कार्यकालमा आउँछ।’
मेयर शाक्यले राजधानीको खाल्डाखुल्डी पुर्न भने महानगरले केही ढिलो गरेको स्वीकारे। उनले थपे  कतिखेर पानी आउँछ, पत्तो हुँदैन, अहिले बर्खायाम छ,पुरेको बगाएर लान्छ। त्यसैले बजेट किन खेर फाल्नेभनेर काम अगाडी नबढेको तर अब दशैँसम्म राजधानीका सबै खाल्डाखुल्डी पुरिसक्ने दावी गरे। हामीसँग विभिन्न स्थानमा जग्गा छ। कसैले पार्किङ मल बनाउँछ भने हामी दिन तयार छौँ। उनले महानगरले ट्राफिक समस्या समाधान गर्ने, महानगरका ४/५ ठाउँमा ओभरहेड पुल र पार्किङ मल बनाउने तयारी भइरहेको बताए ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK