
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्य जनताको भावना विपरित कुन हदसम्म लाग्दा रहेछन् भन्ने तथ्य फेला परेको छ । यसअघि मेयर शाक्यले आफू र उपमेयरको लागि मोवाइल फोन खरिदको मूल्य नतोकिएको भएपनि वडा अध्यक्षलाई ३० को मोवाइल सेट खरिद गर्ने निर्णय गरेका थिए । उनको निर्णयले मेयर र उपमेयरले जस्तोसुकै महंगो मोवाइल खरिद गर्न पाउने भन्ने थियो ।
उक्त निर्णयको चौतर्फी विरोधपछि मेयर शाक्यले विज्ञप्ति निकालेर निर्णय कार्यान्वयन नगर्ने बताएका थिए । तर, मेयर भएर नयाँ मोवाइल नै चलाउने इक्षा भएपछि कसको के लाग्दो रहेछ र । उक्त निर्णय भोलीपल्टै कार्यान्वयन गरेको भेटिएको छ । मिति २०७४ असार ७ गते नै महानगरले मोवाइल सेट खरिद गर्ने निर्णयको लागि रकम निकासा गरेको छ । अर्थ सरोकार डटकमलाइ प्राप्त प्रमाण अनुसार शिर्षक नं.१४०१०० मा ३० हजार निकासा गरिएको छ । मेयर शाक्यको प्रस्तावमा मोवाइल खरिद गर्ने निर्णय ६ गतेको वोर्ड बैठकले गरेको थियो ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्