
- अर्थ सरोकार सम्बाददाता
कैलाली – कैलाली गाउँपालिका – ३ भितारियामा मोटरसाइकल दुर्घटनामा परी नेपाली कांग्रेसका जिल्लास्तरीय नेताको मृत्यु भएको छ । धनगढीबाट हसुलिया फर्कँदै गरेका ४५ वर्षीय राजेश चौधरीले चलाइरहेको से १ प ६०० नं को मोटरसाइकलले साइकलमा सवार ३१ वर्षीय सम्झना चौधरीलाई ठक्कर दिएपछि अनियन्त्रित भई मोटरसाइकल लड्न पुग्दा राजेश घाइते भएकामा उपचारका लागि भारत लैजाने क्रममा गए राति बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रहरी प्रमुख नायब उपरीक्षक वीरबहादुर बुढा मगरले जानकारी दिए।ठक्करबाट घाइते भएकी साइकल चालक सम्झनाको अवस्था सामान्य रहेको र सेती अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्