Skip to content
LAXMI SUNRISE BANK

काँग्रेसको नारा – ‘मधेस विरोधी एमाले’

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाली कांग्रेसले प्रदेश नम्वर २ को स्थानीय तह निर्वाचनमा एमाले विरोधी नारा तय गरेको छ । सरकारमा बस्दा गरेका राम्रा काम र भावी योजना लिएर दलहरु निर्वाचनमा जाने गर्दछन् । तर कांग्रेसले भने ‘मधेस विरोधी एमाले’ नारा लिने भएको छ ।

शनिवार सप्तरीमा भएको भेलामा कांग्रेस नेता विमलेन्द्र निधिले चुनावी नारा एमाले विरोधी बनाउन सवै जिल्ला अध्यक्षलाई निर्देशन दिएका छन् । संविधान संशोधन र समग्र मधेस विरोधी एमाले भएको नारा दिन आठ जिल्लाका अध्यक्षहरुलाई निर्देशन दिएका छन् ।
गृहमन्त्री हुँदा एमालेमुक्त नेपालको घोषणा गरेका निधिले प्रदेश नम्वर २ मा मधेस विरोधी एमालेको नारा निर्धारण  गरेका छन् । एमाले बाहेक अन्य सवै दलसँग सहकार्य गर्ने नीति लिएको कांग्रेसले एमालेविरुद्ध लाग्न कार्यकर्तालाई निर्देशन दिएको छ ।
पहिलो र दोस्रो निर्वाचनमा कांग्रेसभन्दा एमाले ५० सिटले अगाडी छ । पहिलो र दोस्रो निर्वाचनमा भएको पराजयलाई पुरा गर्न कांग्रेसले ६० सिटअन्तरले एमालेलाई जित्ने अठोट गरेको छ । निर्वाचन हुन बाँकी ८ जिल्लामा १२७ स्थानीय तह छन् । त्यसलाई बढाउने तयारीमा कांग्रेस र माओवादी केन्द्र रहेका छन् ।
एमाले प्रमुख सचेतक भानुभक्त ढकालले भने चुनावका बेला नाफा र घाटाको राजनीति कांग्रेसले गर्न थालेको छ। तर प्रमुख प्रतिपक्ष दल एमालेले भने त्यसलाई अस्वीकार गर्दै आएको छ। निर्वाचन नगर्ने मनसाय बोकेर कांग्रेसले संविधान संशोधनको प्रस्ताव अघि बढाउन लागेको पनि एमालेले ठहर गरेको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK