×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ज्ञानेन्द्रको चिया बगानले ११ बर्षदेखि कर तिरेन

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

ज्ञानेन्द्रको चिया बगानले ११ बर्षदेखि कर तिरेन

Artha Sarokar

१० श्रावण २०७४, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

दमक – पूर्वराजा ज्ञानेन्द्र शाहको स्वामित्वमा रहेको भनिएको हिमालय महालक्ष्मी चिया बगानले ११ बर्षदेखि कर नबुझाएको दमक नगरपालिकाले जनाएको खबर आजको कान्तिपुरमा छ ।
नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले आर्थिक बर्ष ०६२/६३ देखि बगानले कर नबुझाएको बताएका हुन् ।
उनका अनुसार एकीकृत सम्पत्ति कर अन्तर्गत बगानले हालसम्म तीन करोड ८१ लाख ४१ हजार दुई सय ८४ रुपैयाँ ७५ पैसा तिर्न बाँकी छ ।
‘हामीले पटक पटक लिखित ताकेता गर्दासमेत बगान प्रशासनले बेवास्ता गर्दै आएको छ’, दाहालले भने ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी