Skip to content
LAXMI SUNRISE BANK

‘विज्ञापन चोर’ को उपनामले कुख्यात कम्पनीले ‘शरद भेष्वाकर’लाई गर्यो सम्मान ! राष्ट्रका गहनाको सम्मान भयो कि अपमान ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – भारतीय विज्ञापन हुबहु चोरेर नेपालको भारतमा समेत बेइज्जत गर्ने कम्पनी बृज सिमेन्टले नेपाली क्रिकेट टिमका क्याप्टेन तथा अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी शरद भेष्वाकरलाई वृज सुपर प्र्रिमियम ओ.पि.सि सिमेन्टको ब्राण्ड एम्बेसडरको रुपमा योगदान दिएको र हालै नायिका निशा अधिकारीसँग बैवाहिक जीवनमा बाँधिएकोमा वृज सिमेन्टले बधाई तथा सम्मान दिएको छ । यसले राष्ट्रिय गहनालाई एउटा ‘चोर’ किंपनीले सम्मान दिंदा शरदकै बेइज्जत भएको टिप्पणी गर्न थालिएको छ ।
कम्पनीका अध्यक्ष ताराचन्द केडिया एवं प्रबन्ध निर्देशक मनोज केडियाले बधाई दिदै उनलाई सम्मान गरेका हुन् । वृज सिमेन्ट इण्डष्ट्रीज प्रा.लि केडिया अर्गनाईजेशन अन्तर्गतको एउटा प्रभाग हो । भारतीय विज्ञापनलाई हुबु चोरेर नेपालको भारतभर बेइज्जत गरिरहेको यो कम्पनी भैरहवा–लुम्विनी (रुपन्देही जिल्ला) मा अवस्थित छ ।

हेर्नुहोस् चोरीको यो विज्ञापन :

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK