दिउँसो साढे तीनदेखि पौने चार बजेसम्म मण्डलामा २५–३० जनाजति व्यक्तिले शर्मालाई मृत्युदण्डको व्यवस्था गर्न माग गर्दै प्लेकार्डसहित प्रदर्शन गरेका थिए । सो समूहको नेतृत्व रामचन्द्र कँडेलले गरेका थिए ।
सहभागीले नेपाल विकासको आधार, सुशासन र शून्य भ्रष्टाचार, भ्रष्टाचारीहरुविरुद्ध हामी नेपाली मौन किन ?, चालीस लाख नेपाली विदेशमा, भ्रष्टाचारीहरुलाई मस्ती स्वदेशमा, लेखिएको प्लेकार्ड बोकेका थिए ।
राष्ट्रिय झण्डासमेत बोकेका युवाहरुले भ्रष्टाचारी चूडामणि शर्मालगायतका भ्रष्टहरुलाई मृत्युदण्डको व्यवस्था गर्न जनदबाब अभियान लेखिएको तुल बोकेका थिए । संविधानले नै निषेध गरेको मृत्युदण्डको माग गर्ने सो कार्यक्रम आयोजकले कस्को प्रयोजनमा गरेका हुन् भन्ने कुरा चाहिँ खुल्न सकेको छैन । आर्थिक दैनिकबाट