
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – चुडामणि शर्मा प्रकरणले यु-टर्न लिने संकेत देखिएको छ । अख्तियारले लामो समय हिरासतमा गैरकानुनी रुपमा राखेको भन्दै उनलाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएपछि यस्तो संकेत देखिएको हो । बरिष्ट वकिल भीमार्जुन आचार्यले उनको मुद्धा हेरिरहेका छन् ।
प्राप्त जानकारी अनुसार शर्माकी श्रीमती कल्पना उप्रेती शर्माले विशेष अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतलाई विपक्षी बनाई मंगलबार रित दायर गरेकी छिन् । उक्त रिटमा शर्मालाई गैरकानुनी रुपमा थुनामा राखेको हुँदा थुनामुक्त गर्न माग गरिएको छ। साथै उक्त रिट निवेदनमा राजश्व विभागका महानिर्देशकको कर दायरा घटाउने वा बढाउने विशेष अधिकारहुने हुनाले सोहि अनुसार शर्माले काम गरेको दावी गरिएको छ भने सोहि कारण देखाउँदै शर्मालाई थुनामा राख्ने काम गैरकानुनी भएको दावी गरिएको छ ।
शर्माविरुद्ध अरवौं रुपैयाँ अनियमितता गरेको आरोप छ । यता शर्मा निकटहरुले अख्तियारले आफ्नो पावरको दुरुपयोग गरेर व्यक्तिगत रिसिवीका कारण चुडामणि शर्मालाई समातेको आरोप लगाईरहेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्