×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चुडामणि शर्माको मुद्दा चोलेन्द्र र प्रकाश प्रकाश सिंह राउतको इजलासमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

चुडामणि शर्माको मुद्दा चोलेन्द्र र प्रकाश प्रकाश सिंह राउतको इजलासमा

३० असार २०७४, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ  – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा पक्राउ गरेका आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालाई आज सर्वोच्चमा उपस्थित गराउने भएको छ । न्यायाधीश पुरूषोत्तम भण्डारीको एकल इजलासले अख्तियारलाई शर्मा पक्राउ गर्नुको लिखित जवाफ पेश गर्न पनि आदेश दिएको छ ।
शर्माकी श्रीमती कल्पनाले सर्वोच्च अदालतमा चुडामणी शर्मालाई मुक्त गर्न माग गर्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । शर्माको मुद्दा आज चोलेन्द्र शमशेर राणा र प्रकाश सिंह राउतको इजलासमा परेको छ ।
यसअघि शर्मासहित तीन जनालाई अख्तियारले करिब ११ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको आरोपसहित शुक्रबार विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।
राजस्व हिनामिना गरेको आरोपमा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक महिना अघि नियन्त्रणमा लिएको थियो । कर फर्छ्यौट आयोगबाट २० अर्ब रुपैयाँ उन्मुक्ति, एनसेल बिक्री करमा छुटको लबिङ लगायतका विवादित मुद्दामा मुछिएका शर्मालाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि अख्तियारकै हिरासतमा राखिएको थियो ।
शर्मासँगै आयोगका तत्कालीन संयोजक चार्टर्ड एकाउन्टेन्ट लुम्बध्वज महत र अर्का सदस्य चार्टर्ड एकाउन्टेन्ट उमेश ढकालमाथि भ्रष्टाचार अभियोग छ । शर्मा उक्त आयोगमा सदस्य थिए । अभियोगपत्रमा महत र ढकाललाई फरार देखाउँदै अख्तियारले अदालतबाटै ‘वारेन्ट’ जारी गर्न माग गरेको छ । – काठमाडौँ टुडे 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी