
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – लामो समय कांग्रेसको कोइराला खेमामा भित्रिया बनेका चीनकाजी श्रेष्ठ पछिल्लो समय सभापति शेरबहादुृर देउवा खेमाका प्रिय पात्र बनेका थिए । तर चार दिनयता उनी निकै दुखि बनेका छन् । दुई साताअघि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस अनौपचारिक बैठकले श्रेष्ठलाई मन्त्री बनाउने टुंगो लगाएको थियो ।
सभापति तथा प्रधानमन्त्री देउवाले रक्षामन्त्रीको आश्वासन पनि दिए र सपथको तयारी गर्न आग्रह गरे । मन्त्री बन्ने पक्का भएपछि उनले परिवारजन र आफ्न्तलाई रक्षामन्त्री बन्ने भन्दै सुखद समाचार पनि सुनाए । परिवार, आफ्न्तजनले बधाई पनि दिए । बुधवार सपथको दिन थियो । उनी हतार हतार गरी दौरा सुरुवाल लगाउन लागिरहेका बेला प्रधानमन्त्रीको सचिवालयबाट टेलिफोन आयो ‘सरी यसपटक तपाईलाई मन्त्री बनाउन सकिएन अर्काे पटक बनाउँला ।’
त्यसपछि उनले निकै चिन्तित र हिनताबोध गरे । मन्त्रीकै लागि कोइराला क्याम्प छोडेर देउवालार्ई सघाउन पुगेका श्रेष्ठले पन्चायति शासनकाल सम्झिए । ‘पञ्चायतकाल भन्दा देउवाकालमा यातना बढि भयो’, उनले आफ्ना परिवारजनलाई भने । देउवाले रक्षामन्त्रीको आश्वासन दिएर सपथको तयारी गर्न भनेका श्रेष्ठको नाम मन्त्रीको सुचीबाट अन्तिममा हटाएका थिए । श्रेष्ठका ठाउँमा देउवाले महेन्द्र यादवलाई मन्त्री बनाए । प्रदेश नम्वर २ बाट सरकारमा प्रतिनिधित्व बनाउन उनले चीनकाजीलाई पाखा लगाएर महेन्द्र यादवलाई मन्त्री बनाए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्