
काठमाण्डौ – देवः विकास बैंक लिमीटेडको माडी नगरपालिका, वडा नं. ३, वसन्तपुरमा माडी शाखा कार्यालयको नेपाल राष्ट्रबैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले एक समारोहबीच उद्घाटन गरेका छन् । उक्त कार्यक्रममा बैंकका संचालक समितिका वरिष्ठ संचालक बज्र गुरुङ्गको सभापतित्वमा संचालन भएको सो कार्यक्रममा स्वागत मन्तव्य दिंदै बैंकका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर श्रेष्ठले माडी उपत्यकाको आर्थिक कारोवार अभिबृद्धि गर्न बैंक क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा बिशेष मन्तव्य दिंदै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले देशको श्रमशक्तिलाई स्वदेशमै उपयोग गर्न रोजगारका अवसरहरु सिर्जना गर्नुपर्ने र उद्यमशीलताको विकासका लागि बैंकले यस क्षेत्रमा शाखा विस्तार गरी राम्रो काम गरेको बताए । निर्यातमुखी व्यवसायमा जोड दिंदै उनले बैकिङ्ग सेवालाई गाउँ गाउँमा पुर्याउन सके मात्र समग्र देशको आर्थिक बृद्धि उच्च हुने प्रष्ट पारे ।
बैंकका संचालक विजयराज शर्मा भुसाल, महिला समाजसेवी श्रीमती सविता बराल लगायतले पनि मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा बैंकले हालसम्म रु. १० अर्ब निक्षेप संकलन गरी रु. ९ अर्व ३९ करोड कर्जा प्रवाह गरेको र २०७३ चैत्र मसान्तसम्ममा रु. ३१ करोड ४० लाख संचालन मुनाफा हासिल गर्न बैंक सफल भएको बताइएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्