
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – लामो समयदेखि रहेको भरतपुर महानगरपालिका वडा नम्बर १९ को विवादको टुंगो लागेको छ । सर्वोच्च अदालतले पुनः मतदान गराउन आदेश गरेसँगै यो विवादको किनारा लागेको हो । पुनः निर्वाचन गराउने निर्वाचन अायोगको निर्णय सर्वोच्चले सदर गरेको हो ।
अाइतबार न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको इजलासले पुनः मतदान गराउन आदेश दिएको छ । आयोगको निर्णयमा चित्त नबुझेपछि वडा नम्बर १९ का एमाले उम्मेदवार गुन्जमान विक र अधिवक्ता तुलसी पाण्डेले सर्बोच्चमा रिट दायर गरेका थिए । भरतपुर महानगरपालिकाको वडा नम्बर १९ को मतगणना भइरहेको बेला गत जेठ १५ गते मध्यराति माओवादी केन्द्रकी मेयर उम्मेदवार रेणु दाहालका प्रतिनिधिले ९१ ओटा मतपत्र च्यातेका थिए
सर्वोच्चको आइतबारको अादेशले रेणुलाई उत्साहित बनाएको छ भने एमाले उम्मेदवार देवी ज्ञवालीलाई अाक्रोसित बनाएको छ । माओवादी केन्द्र-काँग्रेस गठबन्धन पुनः चुनाव गराउनु पर्ने पक्षमा छ भने एमाले विरोधमा छ । सर्वोच्चको अादेश गरेसँगै एमालेका मेयर उम्मेदवार देवी ज्ञवालीले कडा प्रतिक्रिया दिएका छन् । सर्वोच्चले यस्तो फैसला गर्छ भन्ने कल्पना समेत नगरेको बताएका छन्
सर्वोच्चको फैसलापछि संचारमाध्यमसँग कुरा गर्दै ज्ञवालीले सर्वोच्च अदालत जनताको अदालत नभएको पुष्टी भएको समेत बताए । अन्तिम फैसलाकर्ता भनेका जनता भएको बताउँदै ज्ञवालीले जनताको अदालतमा पुनः दृढतापूर्वक जाने बताए । उनले भरतपुरका जनताले अाफूलाई न्यायपूर्ण निर्णय गर्ने अपेक्षा समेत गरे । उनले अाफू जनताको अदालतबाट जितेर अाउने बताए । उनले नेपालको इतिहासमा स्वतन्त्र न्यायपालिकामाथि राज्यसत्ताले हस्तक्षेप गरेको अारोप समेत लगाए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्