एक महानगरसहित सात उपमहानगरपालिकामा अहिले मतगणना जारी छ । कहाँ कसले लिड गर्दै छ त् ? हेर्नुहोस् यस्तो छ नतिजा
विराटनगर
महानगरपालिकामा कांग्रेसले आफ्नो अग्रता कायम राखेको छ । कांग्रेसका मेयरका उम्मेदवारले ३१४० र उपमेयरले २३२३ मत पाएका छन् । एमालेले मेयरमा २२५८ र उपमेयरमा फोरम लोकतान्त्रिकले ११८८ मत पाएको छ । संघीय फोरम र माओवादी केन्द्रको गठबन्धनले मेयरमा १६७५ र उपमेयरमा १०१२ मत पाएका छन्।
इटहरी
उपमहानगरपालिकामा कांग्रेसले मेयरमा ४०७७ र उपमेयरमा ४०६६ मत पाएका छन् । नेकपा एमालेले मेयरमा ३९१० र उपमेयरमा २८१७ मत पाएका छन् । माओवादीले मेयरमा ५५१ र उपमेयरमा ६४१ मत पाएका छन् ।
धरान
उपमहानगरपालिकामा एमालेले नेपाली कांग्रेसलाई उछिनेको छ । मेयरमा एमालेले २७०२ र उपमेयरले २८३२ मत पाएका छन् । काँग्रेसले मेयरमा २५७२ र उपमेयरमा २५३८ मत पाएका छन् । माओवादी केन्द्रले मेयरमा १६२४ र उपमेयरमा ६९२ मत पाएका छन् ।
बुटवल
उपमहानगरपालिकामा एमालेको अग्रता कायम छ । मेयरमा एमालेले ६२८९ र उपमेयरमा ६९३६ मत पाएका छन् । नेपाली कांग्रेसले मेयरमा ६०६३ र उपमेयरमा माओवादी केन्द्रले ४३३२ मत पाएका छन् ।
तुलसीपुर
उपमहानगरपालिकामा एमालेका मेयरले ५४१३ र उपमेयरमा ४६६४ मत पाएका छन् । नेपाली कांग्रेसले मयेरमा ४०७६ र उपमेयरमा ४२२२ मत पाएका छन् । माओवादी केन्द्रले मेयरमा १३७० र उपमेयरमा १३३७ मत पाएका छन् ।
घोराही
दाङको घोराही उपमहानगरपालिकामा एमालेका मेयरले ९९६१ र उपमेयरमा ९४१९ मत पाएका छन् । नेपाली कांग्रेसका मेयरले ७३९७ र उपमेयरले ७३३४ मत पाएका छन् । माओवादी केन्द्रले मेयरमा ५३८८ र उपमेयरमा ५५७७ मत पाएका छन् ।
नेपालगंज
बाकेको नेपालजंग उपमहानगरपालिकामा मेयरमा राप्रपाले ५०३८ र उपमेयरमा ३८०४ मत पाएका छन् । नेपाली काँग्रेसले मेयरमा २९६४ र उपमेयरमा ३८५८ मत पाएका छन् ।
धनगढी
कैलालीको धनगढी उपमहानगरपालिकामा नेपाली कांग्रेसले मेयरमा २४९२ र उपमेयरमा १३२० मत पाएका छन् । स्वतन्त्रले मेयरमा १९७४ मत पाएका छन् । नेकपा एमालेका मेयरका उम्मेदवारले २२०७ र उपमेयरमा ५०३मत पाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्