
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – गण्डकी बिकास बैंकले चार्टड एकाउन्टेन्ट (सिए) हरुको बेइज्जत हुने गरी भ्याकेन्सीको सुचना निकालेको खबर अर्थ सरोकार डटकमले ब्रेक गरेपछि त्यसको सर्वत्र निन्दा भएको छ । सामाजिक संजालमा विभिन्न सिएहरुले गण्डकी बिकास बैंकले सिएको महत्व नबुझी सिएहरुको बेइज्जत हुनेगरी भ्याकेन्सी निकालेकोमा चर्को विरोध गरेका छन् भने पेशाको मर्यादामा नै आँच आउनेगरी बैंकको यस्तो भ्याकेन्सीमा आवेदन नदिन आग्रह गरेका छन् ।भ्याकेन्सीलाई निर्लज्ज, ‘हावा’ लगायतका उपनाम दिईएको छ । सिएहरुको मानमर्दनमाथि नै धावा बोलिने गरी विभिन्न पत्रपत्रिकामा सुचना निकालेर सिएको गरिमामाथिनै ठेस पुर्याएको सिएहरुको तर्क छ ।
यता भ्याकेन्सीमा उल्लेख गरिएको, ‘कहाँ आर्टिकलशिप गरिएको हो भेरिफाइ गरिनेछ’ लेखिएको प्रतिपनि विभिन्न सिए तथा सिए विद्यार्थीहरुले आपत्ति जनाएका छन् । सिए इन्ष्टिच्युटको गुणस्तर र विद्यार्थीको मेहेनतमाथि नै धावा बोल्ने गरी आएको यस्तो सुचना दरिद्रताको पराकाष्टा भएको सिए तथा सिए विद्यार्थीहरुले बताएका छन् ।
भारतमा हुने ‘डमी’ लाई इंकित गर्न खोजेपनि नेपालमा रहेका थुप्रै सिए तथा सिए विद्यार्थीहरुलाई यसले नकारात्मक असर गरेको सिए तथा सिए विद्यार्थीहरु आरोप लगाएका छन् । ‘गण्डकीले दरिद्रताको पराकाष्टा नै देखायो, यस्तो भ्याकेन्सीमा आवेदन दिएर आफ्नो योग्यताको बेइज्जत नगर्नु’ एक बरिष्ट सिएले अर्थ सरोकार डटकमसँग भने ।
भएको के हो ?
बैंकले विभिन्न पत्रिकामा प्रकाशित ‘भ्याकेन्सी’ को सुचनामा सिएहरुको बेइज्जत गरेको हो । बैंकले सिएका बारेमा जानकारी नै नभएको जसरी भ्याकेन्सी एनाउन्समेन्ट छाप्दा गल्तीको पराकाष्टानै देखिएको छ । बैंकले एक सुचना जारी गर्दै बैंकका लागि २ जना चार्टड एकाउन्टेन्ट (सिए) मागेको छ । र सिएको पदका लागि उसले अनिवार्य रुपमा ३ बर्षको आर्टिकलशिप गरेको हुनुपर्ने भन्ने हास्यास्पद कुरा उल्लेख गरेको छ । किन भने ३ वर्षको आर्टिकलशिप नगरी कोहि पनि सिए हुन सक्दैन । यो त सरासर माष्टर्स गरेको मान्छे चाहियो तर ब्याचलरचाहिं पास गरेको हुनुपर्छ भने जस्तै हो ।
सिए जस्तो गरिमामय मदका लागि आएको यस्तो थर्ड क्लास विज्ञापनले आफ्नो पेशाको इज्जतमाथि नै धक्का पुगेको सिएहरुको भनाइ छ । ‘गण्डकी बिकास बैंकले निकालेको सुचनामा आवेदन दिनु भनेको आफ्नो पेशाको धज्जी उडाउनु हो ।’ एक सिएले अर्थ सरोकार डटकमसँग भने, ‘यो भ्याकेन्सीमा त कतै पनि काम नै नपाएकोले मात्र अपलाई गर्छ । आफ्नो पेशाको इज्जत हुनुपर्छ भन्नेले यस्तो भ्याकेन्सीमा एप्लाई नै गर्दैन ।’
यसबारे हामीले बैंकको एचआर विभागसँग कुराकानी गर्ने प्रयास गरेका थियौं । तर रिसेप्सनबाट एचआरमा ट्रान्सफर गर्ने भनेपनि फोन उठेन ।
(सिएहरुको मानमर्दन माथि नै ठेस पुग्ने गरी निकालिएको यस्तो भ्याकेन्सीमा कसले जागिर खाँदैछ र खान्छ भन्ने विषयमा हामी निरन्तर फलोअपमा छौं। )
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्