
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – नेप्सेका महाप्रबन्धक सीताराम थपलियाको कार्यकाल सकिएसँगै अव नेप्सेको महाप्रबन्धक को होला भन्ने चर्चा चलिरहेको छ । सुरुमा थुप्रैको नाम आएपनि पछी अधिकांस साइड लागेको खबर आएको थियो । तर नेप्सेको महाप्रबन्धक हुने आकांक्षीको लिष्टमा एक जना न्यू इन्ट्रीको रुपमा भित्रिएका छन् । हाल नेपाल ग्रामीण विकास बैंकका सीईओ रहेका पर्वत कुमार कार्कीपनि नेप्सेको महाप्रबन्धक हुने दौडमा होमिएको बुझिएको छ।
नेपाल राष्ट्र बैंकका पूर्व कर्मचारीसमेत रहेका कार्की हाल नेपाल ग्रामीण बिकास बैंकका सीईओ हुन् । पूँजी बजारको खास जानकार नभएपनि हुने बैंकिङ क्षेत्रमा खारिएका व्यक्तिका रुपमा चिनिन्छन् । नेपाली कांग्रेस निकट कार्की अहिले नेप्सेको महाप्रबन्धक हुने दौडमा कस्सीएर लागेको उनी निकटहरुले बताएका छन् । नेपाल धीतोपत्र बोर्डका अध्यक्ष रेवत बहादुर कार्की निकट मानिएका पर्वत कुमार कार्कीलाई नेप्सेको महाप्रबन्धक बनाउन रेवत बहादुर कार्की स्वयम् पनि लविङमा लागेको बुझिएको छ ।
नेप्सेको महाप्रबन्धक सोमबारको क्याबिनेटको बैठकबाट र सोमबार नभ्याए मंगलबारको बैठकबाट नियुक्त हुने बुझिएको छ । प्रधानमन्त्री कार्यालय स्रोतले दिएको जानकारी अनुसार सोमबार बोलाइने क्याबिनेटको बैठकबाट प्रधानमन्त्रीको प्रेस सल्लाहकार, नेप्सेको जीएम लगायत ४ वटा नियुक्तिको अन्तिम निर्णय हुनेछ । नेप्सेको महाप्रबन्धक पदका लागि ३ जनाको नाम सिफारिस आइतबार बेलुकासम्म ‘फाइनल’ हुने बताइएको छ ।
नेप्सेको महाप्रबन्धक पदमा दोहोरिन सीताराम थपलियाले लविङ रोकेका छैनन् । यता दण्डपानी न्यौपाने, मनोज ज्ञवाली, प्रकाश लम्साल लगायतपनि दौडमै छन् । राजनीतिक नियुक्ति भएकाले यहि हुन्छ भनेर भन्न सक्ने अवस्था नभएपनि पर्वत कुमार कार्की, दण्डपानी न्यौपाने र मनोज ज्ञवालीमध्ये एक नेप्सेको महाप्रबन्धक हुने बताइएको छ । सीताराम थपलियाको लविङपनि राम्रै भएपनि उनलाई भने अन्य कुनै ठाउँमा महत्वपूर्ण नियुक्ति दिएर चित्त बुझाउने तयारी भइरहेको पनि प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ । लविङका आधारमा ज्ञवाली र कार्कीको पल्ला भारी देखिएको छ भने न्यौपानेको सम्भावनापनि नकार्न सकिन्न ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्