- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । बिहिबार प्रति तोला ५४ हजार ५ सयमा करोबार भईरहेको छापावाला सुन आज १ सयले बढेर ५४ हजार ४ सय मूल्यमा कारोबार भईरहेको छ ।
यस्तै गरि चाँदी मूल्य १० रुपैयाँले घटेर प्रति तोला ७ सय ३५ रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शुक्रबार प्रति १० ग्राम छापावाला सुन मूल्य ४६ हजार ६ सय ४० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ३० रुपैयाँ कायम गरेको छ।