- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य घटेको छ । बिहिबार प्रति तोला ५३ हजार ६ सयमा कारोबार भईरहेको छापावाला सुन आज १ सयले घटेर ५३ हजार ५ सय मूल्यमा कारोबार भईरहेको छ ।
यस्तै गरि चाँदी मूल्य स्थिर रहेर प्रति तोला ७ सय ३० रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शुक्रबार प्रति १० ग्राम छापावाला सुन मूल्य ४५ हजार ८ सय ७० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय २६ रुपैयाँ कायम गरेको छ।