- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य घटेको छ । शुक्रबार प्रति तोला ५३ हजार ५ सयमा कारोबार भईरहेको छापावाला सुन आज ५ सयले घटेर ५३ हजार मूल्यमा कारोबार भईरहेको छ ।
यस्तै गरि चाँदी मूल्य २० रुपैयाँले घटेर प्रति तोला ७ सय १० रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबार प्रति १० ग्राम छापावाला सुन मूल्य ४५ हजार ४ सय ४० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ९ रुपैयाँ कायम गरेको छ।