
नेपाली काँग्रेस गुल्मी सभापतिले पार्टीभित्र अन्तर्घात भएको भन्दै पदबाट राजीनामा दिएका छन् । गुल्मी कांग्रेस सभापति भुवनप्रसाद श्रेष्ठ रेसुंगा नगरपालिका प्रमुखमा एमाले उम्मेदवारसँग १८७ मतले पराजित भए । आफू अन्तर्घातकै कारण हार्नुपरेको भन्दै श्रेष्ठले सभापतिबाट राजीनामा दिए।
त्यतिमात्र होइन उनले पार्टी सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको अमरगढी नगरपालिकाका ९ वडामा पनि अन्तर्घातकै कारण कांग्रेस पराजित भएको बताएका छन् ।
वडा नम्बर ४ र ५ मा कांग्रेस वडाध्यक्षका उम्मेदवारले पाएको मतको आधा पनि प्रमुखका उम्मेदवारले पाएनन्। सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरा मात्रै नभएर काठमाडौंको बसोबास भएको बुढानीलकण्ठ नगरपालिकामा पनि कांग्रेस पराजित भयो ।
यही नगरपालिका चर्चित युवा नेता गगन थापाको निर्वाचन क्षेत्र पनि हो। यो क्षेत्रमा पनि अन्तर्घात भएको कांग्रेस कार्यकर्ताको भनाइ छ। महामन्त्री डा. शशांक कोइराला मतदाता रहेको काठमाडौं महानगरपालिका–४ महानगरपालिकामा समेत कांग्रेस ठूलो मतान्तरले पराजित भयो।
उपप्रधानमन्त्रीसमेत रहेका नेता गोपालमान श्रेष्ठको गृहजिल्ला स्याङ्जाको पुतलीबजार नगरपालिका, केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला मतदाता रहेको झापाको भद्रपुर नगरपालिका, बालकृष्ण खाँणको तिलोत्तमा नगरपालिका, रमेश लेखकको वेदकोट नगरपालिका, खुमबहादुर खड्का मतदाता रहेको लमही नगरपालिकामा पनि कांग्रेसले नराम्रो हार बेहोर्यो।
केन्द्रीय सदस्य डा. रामशरण महत मतदाता रहेको नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नम्बर २ मा एमाले उम्मेदवार विजयी भए। गाउँपालिका प्रमुख भने माओवादी केन्द्रले जित्यो । अर्जुननरसिंह केसी र डा. महतको द्वन्द्वका कारण नुवाकोटको विदुर नगरपालिका कांग्रेसले गुमाउनु परेको कांग्रेस कार्यकर्ता बताउँछन्।
सोलुखुम्बुमा नेता बलबहादुर केसी र जिल्ला सभापति आङ्गेलु शेर्पाका कारण दलका उम्मेदवार पराजित हुने पुगेको कांग्रेस नेता कार्यकर्ता बताउँछन्। संखुवासभाको खाँदबारी नगरपालिका, नवलपरासीको गैंडाकोट नगरपालिका र गुल्मीको रुरु गाउँपालिका अन्तर्घातका कारण गुमाउन पुगेको समीक्षा कांग्रेस नेताहरूले गरेका छन्।
कांग्रेसले दोस्रो चरणमा सुधार गर्दै तीन सय ३४ तहमध्ये कम्तीमा एक सय ५० तहमा जित्ने आशा राखेको थियो । तर, एक सय २२ तहमा जितेर फेरि पनि दोस्रो भएको छ । संविधानसभा निर्वाचनमा पहिलो भए पनि कांग्रेस स्थानीय तहको निर्वाचनमा एमालेभन्दा ५० तहले पछि परेको छ।
नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा आएको नतिजाप्रति कांग्रेस सन्तुष्ट छैन। सात उपमहानगरपालिकामध्ये कांग्रेसले कैलालीको धनगढी र विराटनगर महानगरपालिकामा विजय हासिल गर्यो ।
प्रदेश नम्बर १ मा कांग्रेस ५१ तह र एमाले ६९, प्रदेश नम्बर ५ मा कांग्रेस ३३ र एमालेले ४३ तहमा जित पारे । ७ नम्बर प्रदेशमा कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा भयो । एमालेले ३९ र कांग्रेसले ३८ तहमा जित हात पारे।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्