दोस्रो चरणको स्थानीय तहको निर्वाचनको क्रममा दाङमा सुरक्षामा खटिएका प्रहरी हवल्दार दुर्गाबहादुर रानाले मतदान केन्द्रबाट बम टिपेर फ्याकेको भन्दै निकै चर्चा भयो । जुन चर्चा अहिले पनि जारी छ ।
जनयुद्धमा आफै बम टिपेर फ्याक्ने गृहमन्त्रीले रानालाई फोन गरेपछि राष्ट्रिय चर्चाको विषय भयो । रानालाई पुरस्कारको समेत घोषणा गरियो । तर, उनले फ्याकेको बम नक्कली भएको उनकै सहकार्मीले खुलासा गरेका छन् । तुलसीपुर उपमहानगरपालिकाको ३ नम्बर वडाको श्री माध्यामिक विद्यालयमा हरेको मतदान केन्द्रमा फ्याकिएको बम नक्कली भएको सँगै खटिएका एक जना सुरक्षाकर्मीले बताए ।
“मतदान चलिरहेको थियो, मोटरसाइकलमा आएका व्यक्तिले दुईओटा बम जस्तै बस्तु फ्याकेर भागे । एउटा मतादनस्थल नजिकै र अर्को केही टाढा । मतदानस्थलमा फ्याकिएको शंकास्पद बस्तु हवल्दार सापले टिपेर फ्याक्नु भो, मतदान केन्द्रभन्दा केही टाढा फ्याकिएको अर्को बस्तु विस्फोट भयो तर टिपेर फ्याकेको बम विस्फोट भएन” उनले भने । सबैलाई टपेर फ्याकेकै बस्तु विस्फोट भएको भान भएको उनको दाबी छ । यही कुरा सामाजिक सञ्जाल हुँदै संचारमाध्यममा मार्फत चर्चा भयो ।
ती सुरक्षाकर्मीले भने, “हामी सुरक्षामा खटिँदा आफ्नो भन्दा जनताको ज्यानको माया गरेका हुन्छौँ नै, फ्याकिएको शंकास्पद बस्तु हवल्दार सापको नजिक भएकाले उहाँले उठाउनु भएको हो, त्यो ठाउँमा हामी जोसुकै भएपनि त्यसै गर्थ्यौँ ।” जनताको सुरक्षामा खटिएको सिपाहीको लागि सामान्य कुरा भएको समेत उनले बताए । “यति चर्चाको विषय नै थिएन र हाम्रो देशमा कुरा नबुझेर यस्तै हुन्छ” उनले भने ।
यसअघि तत्कालिन राष्ट्रपति रामबरण यादवले इटहरीकी २२ वर्षिया अनुजा बानियाँ फोन गरेरै धन्यवाद दिए । उनले बसमा फेला परेको ९१ लाख रुपैयाँ र एक हीराको हार फिर्ता गरेको कुरा नाम चलेको पत्रिकाले छापेको थियो । जुन पछी अाएर झुट सावित भएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्