
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले पत्रकार सम्मेलन गरी भारतबाट चार्टड एकाउन्टेन्सी (सिए) अध्ययन सकी नेपाल फर्केकाहरुले नेपालको मान्यता नपाउने भन्ने हल्ला गलत भएको भएको स्पष्ट पारेको छ । काठमाडौँमा भएको पत्रकार सम्मेलनमा आफ्नो आधिकारीक भनाइ राख्दै आइक्यानका निवर्तमान अध्यक्ष महेश खनालले हाल भारतीय बोर्ड अन्तर्गत चार्टड एकाउन्टेन्सी अध्ययन गरिरहेका विद्यार्थीहरु जहिले उतीर्ण भएर नेपाल फर्किएपनि उनीहरुले अहिलेकै प्रक्रियाबाट सदस्यता पाउने बताएका छन् ।
‘भारतीय बोर्डमा सिए अध्ययन गरिरहेकाहरुलाई भारतीय बोर्डसँग हाम्रो सम्झौता विना हामीले लामो समयदेखि मान्यता दिंदै आएका थियौं । हामीले पटक पटक हाम्रा उत्पादनहरुलाई पनि मान्यता दिन भारतीय बोर्डलाई पटक पटक आग्रह गर्यौं । तर भारतीय बोर्डबाट हाम्रा उत्पादनलाई मान्यता दिने कुनैपनि छाँटकाँट नदेखिएपछी हामीले पनि अवको एक वर्षपछी भारतीय बोर्डमा पढ्न जानेहरुलाई हाम्रो सदस्यता लिनबाट रोक लगाउने भएका हौँ ।’ आइक्यानका निवर्तमान अध्यक्ष महेश खनालले भने ।
नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) बाट उतीर्ण हुने सिएहरुको गुणस्तर कम भएको भन्ने हल्ला निराधार भएको बताउँदै उनले आइक्यानका उत्पादनहरुले भारतीय बोर्डबाट आएका सिएहरुको तुलनामा अझ राम्रो अवसर पाउने गरेको दावी गरे । साथै उनले आउँदा दिनहरुमा आइक्यानसँग पारिस्परिक सम्झौता गर्ने सिए संस्थाका उत्पादनहरुलाई मात्र नेपालमा मान्यता दिने स्पष्ट पारेका छन् ।
कार्यक्रममा विभिन्न चार्टड एकाउन्टेन्टहरु, तथा आइक्यानका पार्षद्हरुको समेत उपस्थिति थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्