
गृहमन्त्री जनार्दन शर्माले नेपाल प्रहरीका एआईजी, डीआईजी र एसएसपी पदमा भएको बढुवा सिफारिसबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् ।
आईतबार ५९औं प्रहरी संचार दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमलाई संवोधन गर्दै मन्त्री शर्माले बढुवा गर्दा कत्तिपय ब्यक्ति विशेष मर्कामा परेका परेको स्वीकार गरे । ‘ कोहि ब्यक्तिलाई अन्याय परेको होला, नियतबश अन्याय गरेको छैन, समस्या र परिस्थितिले सवै ब्यक्ति सीमित कोटामा पर्न सकेनन् ।’ उनले भने ।
धेरै जवान र अधिकृतबाट गराईरहेको काम एउटा प्रविधिले गर्न सक्ने अवस्था आएको उल्लेख गर्दै उनले संगठनको स्वरुप बदल्नुपर्ने आवश्यकता रहेको बताए ।‘रोकिएको बढुवा खुल्दा संस्थाको हितमा भएको छ’ उनले भने, ‘कसैलाई मर्का परेको होला फेरी पनी संवोधन गरौंला ।आज हामीलाई प्रविधियुक्त स्मार्ट पुलिसिङ आवश्यकता छ’ उनले भने, ‘अहिले प्रविधी प्रयोगको सामान्य अवस्थामा तत्कालै हामीलाई प्रविधीयुक्त प्रहरी बनाउनु पर्नेछ ।’
प्रविधियुक्त प्रहरीले मात्र प्रहरीको ड्युटी पुरा गर्न सक्ने उल्लेख गर्दै मन्त्री शर्माले जनताको पहिलो सहारा प्रहरी भएको बताए ।प्रहरीका संगठनका लागी आवश्यक केही थप ऐन कानुनको आवश्यकता रहेको खुलासा पनि उनले गरे । उनले राष्ट्रिय सुरक्षाको सन्दर्भमा नयाँ ढंगले परिभाषित र परिमार्जन गर्नुपर्ने आवश्यकता औंल्याए । ‘समयको गतिशिलतासँगै नियमकानुन, हाम्रो माईन्ड सेट र काम गर्ने तरिकामा पनि परिवर्तन आवश्यक छ’ उनले भने ।
गृहमन्त्री शर्माले आफुले बाल्यकालमा सवैभन्दा पहिला टोपाराम ठान्दार नामको प्रहरी देखेको स्मरण गर्दै अवको समयमा टोपाराम ठान्दारले मात्र नपुग्ने बताए । साईबर क्रामईम कसरी नियन्त्रण गर्ने भन्नेबारे श्रीलंकामा भर्खरै सम्पन्न गृहमन्त्रीस्तरीय बैठकमा छलफल भएको जानकारी दिँदै उनले भने, ‘साईबर क्राईम नियन्त्रण गर्नेबारे हामीले निर्णय गरेका छौं, एक देशले अर्को देशलाई कसरी सहयोग गर्ने भन्नेबारे पनि छलफल भएको छ ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्