पहिलो चरणको स्थानीय तहको निर्वाचनमा सबै तहमा जित हात पारेको माओवादी केन्द्रले यसपटक पनि गृहमन्त्री जनार्दन शर्माको ग्रिहजिल्ला रुकुमका तीन ओटै तहमा काँग्रेस-एमालेलाई टेक्न नदिने भएको छ ।
प्रदेश नम्बर ६ मा परेका सानी भेरी,त्रिवेणी,बाँफीकोट,अठबिसकोट,चौरजहारी,मुसिकोट सबै स्थानीय तहमा जित हात पारेको माओवादी केन्द्रले प्रदेश नम्बर ५ मा परेका तीनवटै तह कब्जा गर्ने भएको छ ।
अहिलेसम्म पुथा उत्तरगंगा र भूमे गाउँपालिकाका अधिकांश वडा सहित जित हात पारिसकेको छ भने सिस्नेमा पनि उसैको अग्रता छ ।
भुमे गाउँपालिकाको अध्यक्षमा रामसुर बुढा र उपाध्यक्षमा मनकुमारी बिष्ट निर्वाचित भएकी छिन् । अध्यक्षमा बुढाले ३ हजार ४८२ मत पाए भने बिष्टले ३ हजार ४९४ मत पाएकी छन् ।
त्यसैगरी पुथा उत्तरगंगाको अध्यक्ष ओमप्रसाद घर्ती २ हजार ५५१ मत ल्याएर अध्यक्षमा विजयी भएका छन् भने उपाध्यक्षमा ओमकुमारी शाही मल्ल २ हजार ६३५ मत प्राप्त गरेकी छन् ।
काँग्रेस र एमालेका उम्मेदवार ठूलो मतान्तरले हारेका छन् । जनयुद्धमा पहिलो जनसरकार घोषणा भएको रुकुममा जरा गाड्ने काँग्रेस र एमालेको प्रयास असफल भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्