
गृह मन्त्रालयको बढुवा समितिले विवादित व्यक्तिलाई बढुवाका लागि सिफारिस गरेको पाइएपछि गृहमन्त्री जनार्दन शर्माले एक्सन लिएका छन् । आफुले एक्सन लिएको कुरा उनले सामाजिक सञ्जाल फेसबुकबाट दिएका छन ।
पत्रपत्रिका र सामाजिक संजालमा आलोचना भएपछि गृहमन्त्रीले डिएसपी सन्जिव शर्मा दासलाई अनुसन्धानका लागि निलम्वन गरेको जनाएका छन् ।
गृहमन्त्रीले सामाजिक संजाल फेसवुकमा लेखेका छन्, सामाजिक संजाल तथा सञ्चार माध्यमले डीएसपी सन्जिव शर्मा दासबारे उठाउनु भएको प्रश्नले बढुवा गर्दा भएको त्रुटिपूर्ण निर्णय सच्याउन मद्दत पुग्यो । सबैमा हार्दिक धन्यवाद ।सन्जिव शर्मा बारे थप अनुशन्धान गर्ने गरि निलम्बन गर्न निर्देशन दिएको जानकारी गराउछु ।’

रामेछाप लिखु गाउँपालिका २ सैपुकी १४ बर्षीया सुन्तली तामाङ हत्याकाण्डको अभियुक्तलाई भगाउन भूमिका खेलेका रामेछापका तत्कालीन डिएसपी सञ्जीव शर्मा दासलाई विभागीय कारबाहीको सिफारिस गरेको भए पनि प्रहरी प्रधान कार्यालयले एसपीमा बढुवा गर्न सिफारिस गरेको थियो । त्यसपछि गृहमन्त्रीको आलोचना भएको थियो ।
साढे पाँच बर्ष अघिदेखि फरार अभियुक्त श्याम राउतलाई रामेछापका प्रहरी प्रमुख डीसपी कुमोद ढुंगेलको सक्रियतामा एक महिनाअघि नेपाल भारतको सीमाबाट पक्राउ गरेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्