×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बलात्कारीलाई भगाउने डीएसपी गृहमन्त्रीको कारवाहीमा परेपछि प्रहरीभित्र भूकम्प…

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

बलात्कारीलाई भगाउने डीएसपी गृहमन्त्रीको कारवाहीमा परेपछि प्रहरीभित्र भूकम्प…

Artha Sarokar

५ श्रावण २०७४, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

गृह मन्त्रालयले बलात्कारी-हत्यारालाई भगाएको अारोप खेपिरहेका डीएसपी संजिव शर्मा दासलाई बढुवा गर्‍यो । उनै दासलाई मध्य क्षेत्रिय प्रहरी कार्यालयले कारवाहीको सिफारिस गरेको थियो ।
गृहमन्त्री प्रकारले दासलाई बढुवाको लागि सिफारिस गरिएको जानकारी पाए लगत्तै निलम्वन गरेर गरी अनुसन्धान गर्न निर्देशन दिए । मन्त्रीको निर्देशनपछि प्रहरी मुख्यालयले बुधबार दासलाई निलम्बित गरेको छ ।
रामेछापको साबिक सैपू गाविस १, सिरिसेमा १४ वर्षीया किशोरी सुन्तली तामाङको बलात्कार र हत्या गर्ने श्याम राउतलाई कारवाहीको गर्नुको साटो उल्टै भगाएर डीएसपी शर्माले उन्मुक्ति दिएका थिए । यो घटना पाँच वर्षअघि हो । फरार श्याम राउतलाई रामेछाप प्रहरी प्रमुख डीसपी कुमोद ढुंगेलको सक्रियतामा एक महिनाअघि नेपाल-भारतको सीमाबाट पक्राउ गरिएको थियो ।
बलात्कारी राउतको बयनका अाधारमा शर्मालाई विभागिय कारवाहीको सिफारिस गरिएको थियो ।बलात्कारीलाई उन्मुक्ति दिनेलाई कारवाही साटो बढुवा सिफारिस भएको भन्दै सामाजिक संजालमा गृहमन्त्रीको अायोचना भएको थियो ।
कारवाहीको निर्देशन दिएपछि गृहमन्त्री प्रभाकरले सामाजिक संजालमै जानकारी गराउने सबैलाई धन्यवाद दिएका छन् । यो कारवाहीले प्रहरीभित्र भूकम्प गएको छ अाफू पनि कारवाही डरले गलत गरेका प्रहरी अफिसरहरु डराएका छन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी