
कश्मीरको सीमावर्ती शहर उडीमा एक सैनिकले आफ्ना अधिकारीको गोली हानी हत्या गरेका छन्। भारतीय सेनाको उत्तरी कमानका प्रवक्ता कर्नेल राजेश कालियाले दिएको जानकारी अनुसार सैनिक जवानले झगडाका क्रममा मेजरलाई गोली हानेका हुन्।
उनीहरुबीच मोबाइल फोनको विषयलाई लिएर विवाद भएको बताइएको छ। भारतीय समाचारमाध्यमले उल्लेख गरेअनुसार मृतक मेजर शिखर थापा ड्यूटीमा भएका जवानको जाँच गर्न गएका थिए।
त्यसक्रममा एक जवान ड्यूटीमै मोबाइल चलाइरहेको देखे। मेजर थापाले गाली गर्दै उक्त मोबाइल खोस्ने प्रयास गर्दा त्यो फुट्यो।
त्यसपछि जवान रिसाए र दुवैबीच झगडा सुरु भयो। झगडाकै क्रममा जवानले एके–४७ बन्दुकले पछाडिबाट दुई गोली हानेपछि मेजर थापाको मृत्यु भएको हो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्