Skip to content
LAXMI SUNRISE BANK

एमाले अध्यक्ष ओली सुटुक्क रातिराति किन पुग्छन् लैनचौर ? भयो खतरनाक खुलासा

अर्थ सरोकार

नेकपा एमालेका अध्यक्ष केपी ओलिलार्इ स्थानीय तहको चुनावका लागि ‘रअ’ ले पैसा दिएको आरोप लागेको छ। सोमबार पार्टी मुख्यालय धुम्रबाराहीमा बसेको स्थायी समिति बैठकमा युरोपियन यूनियनले नेपालमा क्रिश्चियनको प्रचारका लागि एमाले निकटका एनजिओमार्फत निर्वाचन खर्च दिएको आरोप लगार्इएको छ ।
केपी ओलीले पनि लैनचौरस्थित भारतीय दूतावासमा रातिराति पुगेर सल्लाह लिने गरेको स्रोतको दाबी छ । स्थायी समिति बैठकमा बरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल र उपाध्क्ष बामदेब गौतमले एमालेलाई चुनावमा खर्च गर्ने पैसा कहाँबाट आयो भनेर प्रश्न उठाएका थिए ।
तर, अध्यक्ष ओलीले गोलमटोल जवाफ दिए । चित्तबुझ्दो जवाफ नआएपछि नेपाल, खनाल र गौतमले क्षणिक लाभका लागि राष्ट्र र राष्ट्रियतालाई बन्धक राखेर पैसा लिन नहुने धारणा राखेको उच्च स्रोतले जनायो । युनाईटेड पोष्ट साप्ताहिकबाट
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK