
विराटनगर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले संसदमा दर्ता भएको संविधान संशोधन विधेयक पारित नहुने र अर्को संशोधन पनि नआउने दाबी गरेका छन् ।
विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले यो महिनाको अन्त्यसम्ममा कुनै काम अघि नबढ्ने बताए । उनले सरकारमा रहेका कांग्रेस र माओवादीलाई देशहितका विरुद्ध संकिर्ण साना स्वार्थ लिएर अघि नबढ्न सुझाव समेत दिए । सरकारले संसदमा रहेको संविधान संशोधन विधेयक फिर्ता लिने र आफूहरुसँग छलफल गरेर मात्रै संशोधन पेश गर्नुपर्नेमा ओलीले जोड दिए ।
‘कसैको स्वार्थलाई केन्द्रित गरेर देशहितका विरुद्धमा गरिएको संशोधन प्रस्ताव फिर्ता हुनुपर्छ,’ ओलीले भने, ‘त्यसपछि छलफल गरेर संविधान संशोधन प्रस्ताव राख्न सकिन्छ ।’ उनले भने चुनावपछि मात्रै संविधान संशोधन गर्नुपर्ने बताए । ‘अहिलेको संसद भनेको संविधान कार्यान्वयन गर्नका लागि बनेको हो,’ ओलीले भने, ‘संविधान संशोधन चुनाव पछिको संसदले गर्नुपर्छ ।’
राजपालाई मोहरा बनाएर कांग्रेसले निर्वाचनमा हार व्यहोरिने डरले दुई नम्बर प्रदेशको चुनावको मिति पर धकेलेको आरोप लगाउँदै ओलीले तेस्रो चरणमा २ नम्बर प्रदेशमा हुने निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबी समेत गरे । संसदको म्याद थप्ने कुरामा राखेको जिज्ञासामा ओलीले म्याद थप्ने कुरा विश्वले नमान्ने र कहिँ नहुने पनि बताए । अर्को प्रसंगमा ओलीले धनकुटा जिल्लाबाहेकका जिल्लामा आफ्नो पार्टीले चित्तबुझ्दो नतिजा ल्याउन नसकेको र यसबारे चिन्तित रहेको बताए ।
‘अहिलेको निर्वाचनमा हामीले धनकुटाबाट मात्रै सन्तुष्ट भएका छौं, अरु जिल्लाले सन्तोषजनक नतिजा ल्याउन सकेनन्,’ उनले भने । – काठमाडौँ टुडे
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्