नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मानसरोवर जाने भएका छन् ।
पारिवारिक भ्रमणका लागि शनिबार मानसरोवर जान लागेका ओलीसंगै उनकी श्रीमती राधिका शाक्य, स्वकीय सचिव राजेश शाक्य र निजी चिकित्सक रहनेछन् ।
मानसरोवरको भ्रमणमा जाने क्रममा ओली शनिबार ल्हासा पुग्नेछन् । ल्हासामा ओलीले चिनियाँ कम्युनिष्ट पार्टीका स्थानीय नेताहरुसंग भेटघाट गर्ने कार्यक्रम समेत रहेको छ ।
हिन्दु र बौद्ध धर्मावलम्बीका लागि मानसरोवर पवित्र स्थल हो । मानसरोवर ल्हासाबाट ९४० किलोमिटरको दूरीमा अवस्थित छ । यस तालको उत्तरमा कैलाश पर्वत रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्