
- अर्थ सरोकार सम्बाददाता
चितवन – चितवनको मुग्लिङ र कुरिनटार क्षेत्रमा तीन दिन विद्युत् आपुर्ती नहुने भएको छ । मध्यमस्याङदी-डुम्रे-दमौली १३२ केभी प्रशारण लाईन आयोजनाले एक विज्ञप्ती जारी गर्दै चितवनको मुग्लिङ, कुरिनटार क्षेत्र, तनहुँको आबुखैरहनी गाउँपालिकाको सम्पूर्ण स्थान, गोरखा जिल्लाको सदरमुकामलगायत आबुखैरहनी सवस्टेशनको गोरखा फिडरबाट प्रशारण हुने सम्पूर्ण क्षेत्रमा तीन दिन दिउँसोको समयमा विद्युत् आपुर्ती बन्द हुने जनाएको हो ।
आयोजनाका सहायक प्रशासकिय अधिकृत विष्णुराज लोहनीले मध्यमस्याङदीदेखि तल्लो मस्याङदीसम्म १३२ के.भी.प्रशारण लाईन दोस्रो सर्किट निर्माण कार्य अन्तिम अवस्थामा पुगेकोले दमौलीबाट प्रशारण भएको ३३ के.भी.प्रशारण लाईन डुम्रे सवस्टेशनबाट बन्द गरि मार्किचोक एरियामा कार्य गर्नुपर्ने भएकाले मुग्लिनलगायतका विभिन्न क्षेत्रमा आज साउन १५ गतेदेखि १८ गते सम्म विहान ९ बजेदेखि साँझ ५ बजेसम्म ती क्षेत्रमा विद्युत् बन्द हुने जानकारी दिएका हुन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्