
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – ट्राफिक जामको समस्या व्यवस्थापन गर्न आइतबारदेखि लगनखेल बसपार्कलाई बसस्टपमा परिणत गरिएको ट्राफिक प्रहरीले जनाएको छ । ललितपुरको लगनखेलमा रहेको बसपार्कलाई आइतबारदेखि बसस्टपमा परिणत गरिएको छ ।
‘दुईवटा गाडी मात्र लगनखेलमा हुँदा यात्रुले बाटोमा धेरैबेर गाडी कुर्नुपर्दैन, अबदेखि लगनखेलमा एउटा रुटमा दुईवटा बस मात्र बस्न पाउनेछन्, यसले यात्रुलाई आवतजावगत गर्न सजिलो हुनुका साथै ट्राफिक जामको समस्या पनि कम हुन्छ ।’ ललितपुर ट्राफिक प्रहरीका प्रमुख सीताराम हाछेथुले भने ।
उनले भने, ‘अहिलेसम्म लगनखेलमा गाडीहरु जम्मा भएर बस्थे अनि गाडी छुट्थे अब गोदावारी, चापागाउँ, बुङ्मती, लुभू, लामाटार, लगायतका क्षेत्रलाई नै बसपार्क बनाएर त्यहाँबाट बस छुट्ने व्यवस्था गरिएको छ ।’यसअघि लगनखेल बसपार्कमा ललितपुरका विभिन्न ठाउँमा गाडी जम्मा हुने गरेकोमा अब सम्बन्धित गाउँमा नै बसपार्क बनाइएको पनि उनले बताए ।
धेरै सवारी थुप्रिँदा सडकसमेत जाम हुने गरेको र दुर्घटना पनि बढी हुने गरेको थियो । यो निर्णय लागु भएपछि ट्राफिकको धेरै समस्या हल हुने उनको विश्वास छ ।
लगनखेल बसपार्कलाई बसस्टपमा परिणत गर्ने निर्णय व्यवस्थापिका संसद उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्धी समितिको निर्देशन बमोजिम प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठको अध्यक्षतामा गएको मंगलबार बसेको बैठकले गरेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्